images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी एक डलरको खरिदमा १३३ रुपैयाँ ०२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६२ पैसा र युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य एकको खरिदमा ८६ रुपैयाँ ५० पैसा र बिक्रीमा ८६ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १९ पैसा र बिक्री दर ९७ रुपैयाँ ६३ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८ रुपैयाँ ६३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार