images
images

ब्याट्री स्वापिङ इकोसिस्टम लन्च गर्दै गोगोरोले गर्‍यो गोगोरो क्रसओभर जिएक्स२५०को अनावरण

ब्याट्री स्वापिङ इकोसिस्टम लन्च गर्दै गोगोरोले गर्‍यो गोगोरो क्रसओभर जिएक्स२५०को अनावरण

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    ब्याट्री स्वापिङ इकोसिस्टम लन्च गर्दै गोगोरोले गर्‍यो गोगोरो क्रसओभर जिएक्स२५०को अनावरण

    काठमाडौँ / ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी र नेबुला इनर्जीले काठमाडौंमा गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जीएक्स २५० स्मार्ट स्कूटर लन्च गरेका छन्। पहिलो ब्याट्री स्वापिङ स्टेशन रहेको काठमाडौँको लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित विशेष सञ्चार कार्यक्रममा उक्त घोषणा गरिएको हो। नेबुला इनर्जी नेपालमा गोगोरो आइएनसीको आधिकारिक र विशेष साझेदार हो।

    images
    images

    कार्यक्रमका प्रमुख अतिथिनेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्रे एसयुभी क्रसओभार स्मार्टस्कुटर जिएक्स२५० को संयुक्त रूपमा अनावरण गरेका थिए । 

    कार्यक्रममा बोल्दै अध्यक्ष मनोज गोयलले गोगोरोको नविन प्रविधि र दिगो गतिशिलता मार्फत् नेपालको शुन्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र दृष्टिकोण प्रस्तुत गरे ।

    “नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनका लागि समान दृष्टिकोण भएको नेबुला इनर्जीसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व छ। नेपाल स्वच्छ ऊर्जा उत्पादन र उपयोगमा अग्रपंक्तिमा छ र दुई र चार पाङ्ग्रे सवारी साधनहरू अपनाउने कार्यलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ। यसमा हाम्रो साझेदारीले महत्त्वपूर्ण प्रभाव पार्ने निश्चित छ”, गोगोरोका प्रतिनिधिले भने । उनका अनुसार गोगोरो र नेबुला इनर्जीले एकसाथ नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनको लागि समान दृष्टिकोण राख्छन्।

    गोगोरो स्मार्ट ब्याट्रीहरूमा केहि सेकेन्डमै ‘स्वाप एण्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न गोगोरो ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको छ। 

    गोगोरोको नयाँCrossOver Smartscooter GX250 नेपालका राइडरहरूका लागि फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्सका साथ अप्टिमाइज गरिएको छ।

    नेबुला इनर्जीले सुरुमा रणनीतिक B2B साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गर्नेछ र त्यसपछि हरेक २-३ किलोमिटरमा एउटा स्टेशन उपलब्ध हुनेगरी काठमाडौँ उपत्यका वरपर GoStations स्थापना गर्ने योजना रहेको छ। 

    नेबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पोरेट ग्राहकहरूका लागि गोगोरो स्मार्ट स्कुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउनेछ। स्कुटरहरू दशैं देखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुनेछन्। अन्ततस् नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ।

    प्रबन्ध निर्देशक साहायु गोयलले भने, “दुई पाङ्ग्रे सवारीका क्षेत्रमा ईभीको प्रयोग व्यापक रूपमा अपनाउन प्रविधिले सघाउनु पर्छ। ब्याट्री स्वापिङले आज विद्युतीय टू–व्हीलर किन्ने निर्णय गर्दा उपभोक्ताहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्दै एक मौलिक समाधान पनि प्रदान गर्दछ।”

    गोगोरो क्रसओभर स्मार्ट स्कुटर सिरिज

    नेबुला इनर्जीले गोगोरो क्रसओभर अल्टिमेट दुई पाङ्ग्रे एसयुभी GX250 स्मार्ट स्कुटर प्रस्तुत गर्दैछ। भारतको महाराष्ट्रमा निर्मित GX250 गोगोरोद्वारा भारतमा निर्मित पहिलो स्मार्ट स्कुटर हो। 

    क्रसओभर शृङ्खला पुन: डिजाइन गरिएको अल टेरेन फ्रेममा बनाइएकाले यसले विभिन्न स्टोरेज, राइडिंग र कस्टमाइजेसन क्षमताहरू प्रदान गर्दा अझै बलियो र सहजता प्रदान गर्दछ। क्रसओभर GX250 को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ र आराम र स्थिरताका साथ ठूला भारहरू पनि बोक्छ।

    गोगोरो ब्याट्री-स्वापिङ टेक्नोलोजी

    गोगोरोको इकोसिस्टमको केन्द्रबिन्दुमा रहेको एउटा खुला र अन्तरसञ्चालित ब्याट्री स्वापिङ प्लेटफर्मका लागि यस वर्षको सुरुवातमा गाइडहाउस इनसाइट्सले विश्वमा हल्का शहरी सवारी साधनहरूको ब्याट्री स्व्यापिङ गर्ने अग्रणी कम्पनीको रूपमा यसलाई मान्यता प्रदान गरेको थियो।

    गोगोरो ब्याट्री स्वापिङ भनेको नयाँ जमानाको ब्याट्री रिफ्युलिङ हो जुन स्मार्ट अनि सुरक्षित छ र यसले राइडर, व्यवसाय र समुदायलाई गतिशील र बहुमुखी बनाउन आफूलाई निरन्तर अप्टिमाइज गर्दछ।

    ताइवानमा गोगोरो नेटवर्कले छ लाखभन्दा बढी राइडरहरूलाई सेवा दिएको छ र यसका पच्चीस शय स्थानहरूमा उपलब्ध १२ हजार ब्याट्री स्वापिङ स्टेशनहरूको नेटवर्क मार्फत् चौध लाखभन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेशनमा छन्। 

    हाल गोगोरोसँग ताइवानमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ९० प्रतिशतभन्दा बढी बजार हिस्सा छ भने गोस्टेसनको संख्या पेट्रोल स्टेशनहरूभन्दा बढी छ। चार लाखभन्दा बढी दैनिक ब्याट्री स्वाप र ५७ करोडभन्दा बढी कुल ब्याट्री स्वापसँगै गोगोरो ब्याट्री स्वापिङले सन् २०१५ मा सुरु भएदेखि ८ लाख ७० हजार ७५० टनभन्दा बढी कार्बन डाईअक्साइड उत्सर्जन हुनबाट बचाएको छ।

    ब्याट्री स्वापिङ एक इनोभेटिभ तरिका हो जसमा फुलचार्ज भएको ब्याट्रीलाई द्रुत रूपमा प्रतिस्थापन गरिन्छ। यसले प्रयोगकर्तालाई आफ्नो सवारी साधनको दायरा विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्दछ। 

    ब्याट्री स्वापिङ प्रविधिले व्यापक स्तरमा ईभी अपनाउनका लागि हाल विद्यमान चुनौतीहरूलाई समाधान गर्छ र सुरक्षित, दिगो अनि मापनयोग्य तरिकामा शहरी मोबाइल ऊर्जा मागहरूलाई सम्बोधन गर्न मद्दत गर्छ। 

    गोगोरोको ब्याट्री स्वापिङले नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधन अपनाउने कुरासँग सम्बन्धित धेरै चिन्ताहरूलाई सम्बोधन गर्दछः

    स्वामित्वको कुल लागतमा कमी

    ब्याट्री स्वामित्व र प्रतिस्थापन लागत सम्बन्धी सरोकारहरूलाई ब्याट्री स्वापिङ भनेको सवारी साधन रिफ्युल गर्ने सबैभन्दा छिटो (ICE सवारी साधन भन्दा पनि छिटो) तरिका भएकाले यसले रेन्जको चिन्ता कम गर्न सघाउँछ। चार्जिङको समय घटाउँछ । केहि सेकेन्डमै स्वाप गर्न सकिने भएकाले सेल्फ चार्जिङको आवश्यकता पर्दैन।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार