images
images

गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीद्वारा शपथ ग्रहण

गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीद्वारा शपथ ग्रहण

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीद्वारा शपथ ग्रहण

    काठमाडौँ / गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष बुढाथोकीले बिहीबार एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलसँग सपश ग्रहण गरेका हुन् । 

    images
    images

    सपश ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले सफल कार्यकालको शुभकामना व्यक्त गरे । वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजिनामा दिनु भएपश्चात् रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक गौरव बुढाथोकीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् । 

    हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनीकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार