images
images

मौसम : आगामी बिहीबारसम्म देशभरको तापक्रम सामान्य घट्ने, बर्षा र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

मौसम : आगामी बिहीबारसम्म देशभरको तापक्रम सामान्य घट्ने, बर्षा र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • images
    images
    मौसम : आगामी बिहीबारसम्म देशभरको तापक्रम सामान्य घट्ने, बर्षा र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

    काठमाडौँ / आज (शुक्रबार)देखि आगामी विहीबारसम्म देशमा पश्चिमी वायू तथा स्थानीय वायूको प्रभाव रहने सम्भावना छ । 

    images
    images

    जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको साताभरको मौसम पूर्वानुमानअनुसार बिहीबारसम्म देशका अधिकांश स्थानहरूमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ ।

    साथै देशका अधिकांश स्थानहरूमा अधिकतम तापक्रम औसतको तुलनामा भने घट्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।

    साताको सुरुवाती दिन आज शुक्रबार र भोलि शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित  हल्का बर्षाको सम्भावना रहेको छ। 

    आइतबारदेखि बिहीबारसम्म भने लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै, आइतबार, सोमबार र मङ्गलबार बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा तथा मधेश प्रदेशको तराई भूभागको एक-दुई स्थानमा साथै साताको अन्त्यमा देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित  हल्का बर्षाको सम्भावना रहेको छ ।

    शुक्रबार र शनिबार कोशी  र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    त्यस्तै, आइतबारदेखि बिहीबारसम्म कोशी , बागमती  र ­गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा कर्णाली  र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    साथै, आइतबारदेखि बिहीबारसम्म देशभरका तराई तथा पहाडका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार