काठमाडौँ / न्याय परिषदको बैठकले तीन जना न्यायाधीशको सरुवा गरेको छ । बिहीबार बसेको परिषदको बैठकले तीन जनामध्ये दुई जनाको काज सरुवा भएको हो । सरुवा भएका न्यायाधीशमा जुम्ला इजलासमा कार्यरत खडकबहादुर केसी उच्च अदालत पोखराको न्यायाधीशमा सरुवा भएका छन् । उनी हाल उच्च अदालत सुर्खेतमा काजमा रहेका छन् ।
त्यसैगरी, काज सरुवा भएका न्यायाधीशमा उच्च अदालत विराटनगरको उच्च अदालत पोखराको बागलुङ इजलासमा सरुवा भएका छन्। उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश मदन पोखरेल उच्च अदालत सुर्खेतमा सरुवा भएका छन् ।
काज सरुवा र न्याय सेवाका दुई सहसचिवहरूको सरुवा र दुई सहसचिवहरूको पदस्थापन भएको न्याय परिषदले जनाएको छ।