images
Logo
images
images
images

माछापुच्छे बैङ्कद्वारा धादिङ्गको विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

माछापुच्छे बैङ्कद्वारा धादिङ्गको विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    माछापुच्छे बैङ्कद्वारा धादिङ्गको विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

    काठमाडौँ / माछापुच्छे बैङ्क लिमिटेडको धादिङ्ग जिल्लास्थित सिम्ले शाखाले स्थानीय एक विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ । बैङ्कले धादिङ्गवेशी नगरपालिका वडा नं.६ स्थित श्री कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको हो ।

    images
    images

    विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उद्देश्यले बैङ्कले उक्त सामाग्रीहरू हस्तान्तरण गरेको जनाएको छ ।  

    उक्त विद्यालयलाई कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैङ्कले लिएको छ । 

    बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा सहयोग गर्ने कार्य गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार