images
Logo
images
images
images

बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक नियन्त्रणमा

बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक नियन्त्रणमा

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक नियन्त्रणमा

    काठमाडौँ / बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । 

    images
    images

    बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बैशाख २७ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट नियन्त्रणमा लिएको हो । 

    पर्साको आदर्शनगरबाट बसपार्कतर्फ जाँदै गरेको ना.३ ख ७६५६ नम्बरको मालवाहक ट्रकलाई विशेष सूचना आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।

    ट्रकमा रहेको सामानको भ्याट बाहेकको मुल्य ३० लाख ४९ हजार ८८ रुपैयाँ कायम रहेको छ । नियन्त्रणमा लिईएको सामानसहितको ट्रक थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार