images
images

प्राइम कमर्सियल बैङ्कको सिइओ बने सञ्जीव मानन्धर, बैङ्किङ क्षेत्रमा दुई दशकबढीको अनुभव

प्राइम कमर्सियल बैङ्कको सिइओ बने सञ्जीव मानन्धर, बैङ्किङ क्षेत्रमा दुई दशकबढीको अनुभव

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • प्राइम कमर्सियल बैङ्कको सिइओ बने सञ्जीव मानन्धर, बैङ्किङ क्षेत्रमा दुई दशकबढीको अनुभव

    काठमाडौँ / प्राइम कमर्सियल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चार्टर्ड एकाउन्टेन्ट सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैङ्कको आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैङ्कको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा मानन्धरलाई नियुक्त गरेको हो । 

    images
    images

    बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम उनलाई सिइओमा नियुक्त गरिएको हो । नवनियुक्त सिइओ मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । 

    शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले लामो समयदेखि  बैङ्कमा आबद्ध मानन्धरको नेतृत्वमा बैङ्कले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरी निजको कार्यकालको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गरे । स्थापनाकालदेखि नै बैङ्कमा महाप्रबन्धकका रूपमा कार्यरत मानन्धर यसअघि प्राइम बैङ्कको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । 

    सिइओ अधिकृत मानन्धरको बैङ्किङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.बाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैङ्कको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार