images
images

मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो - न तलब पाइन्छ, न सम्मान

मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो - न तलब पाइन्छ, न सम्मान

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • images
    images
    मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो - न तलब पाइन्छ, न सम्मान

    काठमाडौँ / रामेछापकी डोमा तामाङ केही वर्षअघि रोजगारीको खोजीमा काठमाडौँ आइन् । देशको राजधानी भएकाले सजिलै जागीर पाइएला भनेर यहाँ आएकी उनलाई सोचेजस्तो सजिलो भएन । 

    images
    images

    धेरै ठाँउमा धाउँदा पनि खोजेजस्तो जागीर नपाएपछि उनले अन्तिम विकल्पकारूपमा एउटा क्याट्रीनमा काम गरिन् । निकै मिहेनतपछि हातमुखजोर्ने जागीर पाएपछि को खुसी नहोला १ त्यस्तै खुसी थियो उनीमा पनि । 

    सरकारले श्रमका लागि तोकेको आठ घण्टाभन्दा दोब्बर अर्थात दिनको झण्डै १६ घन्टा काम काम गरे पनि सोअनुसार पारिश्रमिक नपाएपछि भने उनी खिन्न छन् । 

    “कामअनुसारको पारिश्रमिक पाएत ठिकै थियो, उल्टै शारीरिक र मानसिक दुर्व्यवहार सहनुपरेको छ”, उनी भन्छिन् । न समयको टुङ्गो, न कामअनुसारको दाम । त्यसैमा विवाहका लागि काठमाडौँका ब्याङ्क्वेटमा खटिदाँ फरक फरक स्वभावका मान्छेहरूसँग ठोकिन पुग्दा गलत नियत राख्नेहरूसँग जोगिनु अर्को जोखिम रहेको डोमाको भनाइ छ । 

    “कामगर्दा कार्यरत संस्थामा भोग्ने समस्या त छँदैछन् । त्योबाहिर पनि सुरक्षित अवस्था छैन । पछिल्लो समय त क्याट्रिनसम्म मानव बेचबिखन गर्ने बिचौलिया छिरेकाले हामी महिला थप जोखिममा छौँँ”, उनले भनिन् ।

    शुक्रबार काठमाडौँमा शुभअवसर ग्राम नेपालले आयोजना गरेको एक कार्यक्रममा मनोरञ्जन क्षेत्रका पेशागत पीडित सहभागीले यस्तै समस्या व्यक्त गरेका थिए । 

    रामेछापकै रबिना तामाङले डोमाको जस्तै गुनासो गरिन् । स्नातक तह अध्ययन गरिरहेको बताउने उनी पनि काठमाडौँको एउटा क्याट्रीनमा कार्यरत छिन् । 

    तोकिएको समयभन्दा बढी परिश्रम गर्नुपर्ने बाध्यताले पढाईमा निकै समस्या भएको तर अर्को विकल्प नहुँदा दुखजिलो गरेर काम गरिरहनुपरेको उनको भनाइ छ । उनी भन्छिन्, “पढ्ने रहर छ तर समय पुग्दैन । न त परिश्रम गरेजति पारिश्रमीक पाइन्छ  ।”

    विराटनगरकी सुनिता खड्काले पनि मनोरञ्जन क्षेत्रमा काम गरेको लामो समय भयो । सो अवधिमा श्रम शोषण मात्रै होइन शारिरीक र मानसिक दुर्व्यवहारसमेत भोग्नुपरेको उनले सुनाइन् । 

    मनोरञ्जन क्षेत्र आफैँमा नराम्रो होइन तर यस क्षेत्रका सञ्चालकहरूले व्यवसायलाई व्यवस्थित बनाउन समस्या भइरहेको उनको भोगाइ छ ।

    “मनोरञ्जन क्षेत्रमा धेरै महिला जोखिमपूर्ण अवस्थामा छन् । तोकिएको समयभन्दा बढी श्रम गर्दा पनि न समयमा तलब पाइन्छ, न त सम्मान नै । त्यसैले हाम्रो पेशागत सुरक्षा कसले गर्ने ?”, उनको प्रश्न छ । 

    अधिकारकर्मी रसना ढकाल भने मनोरञ्जन पेशा कलाकार जन्माउने क्षेत्र भएकाले सोहीअनुसार उचित सम्मान र पारिश्रमिकको व्यवस्था हुनुपर्ने धारणा राख्छिन् । 

    मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा किशोरीले कोठा नपाउने, कोठा खोज्नकै लागि ‘लिभिङ टुगेदर’ बस्नुपर्ने, त्यसरी बस्दा थुप्रै अपराधिक गतिविधि निम्तिएका उनले बताइन् । 

    “उहाँहरूले नियुक्ती पत्रसमेत पाउनुभएको छैन, समयमा तलब पाउने कुरा त परैजाओस्”, रसनाले भनिन्,“मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन व्यवसाय सञ्चालकदेखि राज्यका हरेक निकाय सचत हुन जरूरी छ ।”

    काठमाडौँ महानगरपालिकाका सामाजिक विकास विभाग अधिकृत भवानी कपालीले महानगरले गरेको अनुगमनमा डान्सबार, होटलका तथा मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरू बढी असुरक्षित रहेको बताइन् । 

    यस्ता क्षेत्रमा कामगर्ने महिला तथा किशोरीलाई आत्मनिर्भर बनाउनुका साथै पेशालाई व्यवस्थित र मर्यादित बनाउने महानगरको योजना बनाइरहेको उनले जानकारी दिइन् । 

    त्यसैगरी सबै वडालाई आफ्नो क्षेत्रमा रहेका डान्सबार र रेष्टुरेन्टको अवस्थाबारे अनुगमन गर्न निर्देशनसमेत दिइएको उनको भनाइ छ । 

    कार्यक्रममा शुभअवसर ग्राम नेपालका प्रतिनिधि रञ्जना शर्माले सन् २०२३ मा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको अवस्थामाथि अनुसन्धान प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।  

    मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा पुरुषमध्ये धेरैले नियुक्ती पत्र नपाएको, शारीरिक र मानसिक शोषण खेप्नुपरेको, समयमा तलब नपाएको, सम्मानजनक व्यवहार नभएजस्ता समस्या अनुसन्धानले देखाएको शर्माले उल्लेख गरिन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार