images
images

पैसा असल नोकर बन्न सक्छ, तर हाकिम बन्न सक्दैन !, पैसा सम्बन्धि दर्जन प्रेरक  भनाईहरु

पैसा असल नोकर बन्न सक्छ, तर हाकिम बन्न सक्दैन !, पैसा सम्बन्धि दर्जन प्रेरक  भनाईहरु

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • पैसा असल नोकर बन्न सक्छ, तर हाकिम बन्न सक्दैन !, पैसा सम्बन्धि दर्जन प्रेरक  भनाईहरु

    भनिन्छ समय नै पैसा हो । समय धेरै मूल्यबान हुन्छ । समयको सहि सदुपयोगले पैसा कमाउन सक्नुहुन्छ । दैनिक आफ्ना आवश्यकता पुरा गर्न सकिन्छ । पैसा भन्दा आत्मविश्वास ठूलो हो  भनिन्छ । पैसा एउटा माध्यम हो तर, आधुनिक समाजमा पैसा ठूलो इज्जत र प्रतिष्ठाको विषय बन्दै गएको छ । ठूलो त तपाई श्रम र लगानी हो । हामीले यस अंकमा दर्जन पैसा सम्बन्धी प्रेरक भनाइहरु राखेका छौं पढौं । 

    images
    images

    [१] [राम्रो बानी र राम्रो संगतले तिमीलाई त्यहाँ पुर्याउन सक्छ, जहाँ तिमीलाई पैसाले पनि पुर्याउन सक्दैन ।

    [२] पैसा हुनु, तर दिमाग नहुनु भनेको सबैभन्दा खतरा हो।

    [३] पैसा कमाउनु ठूलो कुरा होइन । तर, समाजलाई पनि केही योगदान पुग्ने काम गरेर पैसा कमाउनु ठूलो कुरा हो ।

    [४] जुन व्यवसायले पैसा मात्र दिन्छ अरु केही दिंदैन, त्यो दरिद्र व्यवसाय हो ।

    [५] पैसा भन्दा आत्मविश्वास ठूलो हो ।

    [६] तिमीले बचत गरेको एक मोहोर पनि तिम्रो लगानी हो।

    [७] पैसा असल नोकर बन्न सक्छ, तर असल हाकिम बन्न सक्दैन ।

    [८] तिमी पैसा कमाउनकै लागि काम गर्छौ भने तिमी धनी बन्न सक्दैनौ, धनी बन्नको लागि तिमीले आफूलाई मन पर्ने र आफ्ना ग्राहकलाई सन्तुष्टि दिने काम गर्नुपर्छ ।

    [९] समय नै पैसा हो ।

    [१०] मेरो लागि सफलता भनेको पैसा होइन । मेरो काम देखेर मानिसहरुमा उत्प्रेरणा जाग्नु, मेरो लागि सफलता हो ।

    [११] जो व्यक्तिले आफ्नो आम्दानीभन्दा धेरै काम गर्छ, त्यो व्यक्तिले छिट्टै आफूले गर्ने काम भन्दा धेरै आम्दानी गर्नेछ ।

    [१२] पैसा धेरै महँगो छ । धेरै पसिना बगाउनुपर्छ।

    [१३] यसरि काम गर कि, मानौं तिमीलाई पैसाको आवश्यकता नै छैन । यसरी नाच कि, मानौं तिमीलाई कसैले हेरेको छैन । यसरी माया गर कि, मानौं कहिल्यै तिम्रो दिल टुटेको छैन

    साथीहरू भनेको पैसा जस्तै हुन्, कमाउन सजिलो तर जोगाइरहन मुस्किल ।
    - सामुएल बट्लर

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार