images
images

एक महिनामा नेपालले गर्यो १०९ देशसँग व्यापार, कुन देशसँग कति नाफा कति घाटा ?

एक महिनामा नेपालले गर्यो १०९ देशसँग व्यापार, कुन देशसँग कति नाफा कति घाटा ?

वैदेशिक व्यापार तथ्याङ्कअनुसार साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ बढिको वस्तु आयात भएको छ भने १३ अर्ब ५२ करोड रुपैयाँ बढिको निर्यात गरेको छ ।

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • एक महिनामा नेपालले गर्यो १०९ देशसँग व्यापार, कुन देशसँग कति नाफा कति घाटा ?

    काठमाडौँ / चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालले १०९ मूलुकसँग वस्तु तथा सामान आयात तथा निर्यात गरेको पाइएको छ । पहिलो महिनाको वैदेशिक व्यापार हेर्दा मुलुकको आर्थिक अवस्था निकै संकट उन्मुख रहेको देखिएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मूलुकबाट आयात गरेको छ भने १३ अर्ब ५२ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान अन्य मूलुकहरूमा निर्यात गरेको छ ।

    तथ्याङ्क अनुसार १ खर्ब १५ अब ७१ करोड ३ लाख १५ हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । व्यापार तर्फ हेर्ने हो भने चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत बर्षको सोहि अवधीमा १ खर्ब ४६ अर्ब ९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । 

    भारतसँग सबैभन्दा धेरै व्यापार घाटा

    नेपालले चालु आर्थिक बर्षको पहिलो महिनामा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेकोमा भातरसँग मात्रै ७२ अर्ब ७६ करोड ७४ लाख ६ हजार रुपैयाँ रहेको विभागको तथ्याङ्कले देखाएको छ । 

    वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारतबाट नेपालले ८१ अर्ब २४ करोड ९४ लाख ५९ हजार रुपैयाँको वस्तु तथा सामान आयात गरेकोमा ८ अर्ब ४८ करोड २० लाख ५२ हजार रुपैयाँको वस्तु तथा सामान निर्यात गरेको छ । जसमा आयातको तुलनामा निर्यातको अवस्था निकै कमजोर हुँदा साउनमा नेपालले सम्रगमा खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । 

    अमेरिकासँगको नाफा सबैभन्दा धेरै

    नेपालले चालु आर्थिक बर्षको पहिलो महिनामा अमेरिकासँगको व्यापारमा भने नाफा आर्जन गरेको छ । १ महिनामा नेपालले अमेरिकामा १ अर्ब ७७ करोड ६६ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गर्दा १ अर्ब ९ करोड ३७ लाख ५३ हजार रुपैयाँ बराबरको सामान अमेरिकाबाट नेपालले आयात गरेको छ । जसबाट नेपालको वैदेशिक व्यापारमा अमेरिकासँगको नाफा ६८ करोड २९ लाख ३३ हजार रुपैयाँ रहेको छ । 

    अघिल्लो आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा १४ करोड ६५ लाख २६ हजार रुपैयाँ मात्रै नाफामा रहेको थियो । यस्तै आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्ममा नेपालललाई अमेरिकासँगको व्यापारमा ३२ अर्ब ५ करोड ८४ लाख ५९ हजार रुपैयाँ घाटा भएको थियो ।

    १७ देशसँगको व्यापार नाफामा 

    चालु आर्थिक बर्षको पहिलो महिनामा नेपालले १०९ देशसँग गरेको वैदेशिक व्यापारमा १७ देशसँग भने नाफा आर्जन गरेको छ भने ९२ देशसँगको व्यापार भने घाटामा रहेको छ । व्यापार नाफामा रहेको देशहरूमध्ये नेदरल्याण्डसँग ९ करोड ६२ लाख ७८ हजार रुपैयाँले नाफामा रहेको छ । उक्त समयमा नेपालले नेदरल्याण्डबाट ५ करोड २९ लाख ४१ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ भने १४ करोड ९२ लाख १ढ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । 

    यस्तै, कम्बोडियामा ९५ लाख २६ हजार रुपैयाँ बराबरको सामान आयात गरेकोमा ९९ लाख ७८ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । जसबाट नेपालले ४ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको छ । इस्टोनियामा ९३  हजार रुपैयाँ बराबरको सामान आयात गरेकोमा ४ लाख १५ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । जसबाट नेपालले ३ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ ।

    यता डेनमार्कबाट ६ करोड ४८ लाख ५९ हजार रुपैयाँ नाफा भएको छ भने आयात–निर्यात क्रमशः ३ करोड २ लाख ८३ हजार रुपैयाँ र ९ करोड ५१ लाख ४२ हजार रुपैयाँ भएको छ । यस्तै, फिनल्याण्डबाट ३२ लाख ४१ हजार रुपैयाँको सामान आयात हुदा ४२ लाख ३२ हजार रुपैयाँको सामान निर्यात भएको छ । जसबाट व्यापार नाफा ९ लाख ९१ हजार रुपैयाँ भएको छ । 

    तथ्याङ्क अनुसार नेपाल जर्जियासँगको व्यापारमा ११ लाख ४ हजार रुपैयाँले नाफामा रहेको छ । उक्त समयमा नेपालले जर्जियाबाट १ लाख १५ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ भने १२ लाख २० हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । हंगेरीसँग ८५ लाख ९० हजार रुपैयाँले नाफामा रहेको नेपालले १ महिनामा हंगेरीबाट ५१ लाख ३७ हजार रुपैयाँको सामान आयात गरेको छ भने १ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । 

    यस्तै, आइसल्याण्डसँग नेपालको आयात शुन्य भएपछि निर्यात भने ३१ लाख १२ हजार रुपैयाँको भएको छ । लाटवियासँग ८५ लाख ५० हजार रुपैयाँले नाफामा रहेको छ । जहाँबाट ३२ लाख ४७ हजार रुपैयाँको सामान आयात हुदा निर्यात भने १ करोड १७ लाख ९७ हजार रुपैयाँको भएको छ । १ महिनामा नर्वेमा १ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको सामान निर्यात हुदाँ ४८ लाख ७४ हजार रुपैयाँको सामान आयात भएको छ जसबाट नेपाललाई ५३ लाख ६५ हजार रुपैयाँ नाफा भएको छ । 

    यता रुसबाट १ करोड ११ लाख ७० हजार रुपैयाँले व्यापार नाफा हुदाँ नेपालले १ करोड १२ लाख ६ हजार रुपेयाँ बराबरको सामान निर्यात गरेको छ भने ३६ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ । सेशल्समा २१ लाख ८१ हजार रुपैयाँ बराबरको सामान निर्यात हुदाँ १३ हजार रुपैयाँको सामान आयात भएको छ । यता सुडानबाट नेपालमा आयात शुन्य भएपनि निर्यात भने ७ करोड ४६ हजार रुपैयाँको भएको छ । यस्तै, साउनमा टर्कीबाट ९ करोड ७० लाख ६३ हजार रुपेयाँ बराबरको सामान आयात हुदाँ १३ करोड ४५ लाख २५ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ भने व्यापार नाफा ३ करोड ७४ लाख ६२ हजार रुपैयाँ रहेको छ । 

    त्यसैगरी, तथ्याङ्क अनुसार केन्याबाट १६ हजारको सामान आयात हुदा २ लाख २५ हजारको सामान निर्यात भएको छ । जहाँ २ लाख ९ हजार रुपैयाँ नाफा भएको छ । र अन्त्यमा सबैभन्दा कम व्यापार नाफा पनामाबाट भएको छ । जहाँबाट आयात शुन्य भएको छ भने नेपालबाट निर्यात भने २ लाख ३ हजार रुपैयाँको भएको छ । 

    देशबाट आयात शुन्य 

    नेपालले १०९ देशहरूसँग व्यापार गरेको भएतापनि ३ देशसँग भने आयात शुन्य रहेको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा ३ देशहरूसँग नेपालबाट मात्रै सामानहरूको निर्यात भएको पाइएको छ । उक्त देशहरूमा आइसल्याण्ड, पनामा र सुडान रहेको छ । 

    विभागको तथ्याङ्क अनुसार साउनमा नेपालबाट आइसल्याण्डमा ३१ लाख १२ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । यस्तै, पनामामा २ लाख ३ हजार रुपैयाँ र सुडानमा ७ लाख ४६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामानहरू निर्यात भएको छ । 

    २८ देशहरूमा निर्यात शुन्य

    चालु आर्थिक बर्षको पहिलो महिनामा २८ देशहरूमा नेपालले कुनै पनि प्रकारको वस्तु तथा सामानहरू निर्यात गरेको छैन । उक्त देशहरूबाट नेपालमा सामानहरू आयात भएको भएता पनि नेपालबाट भने निर्यात शुन्य रहेको छ । 

    साउनमा मालीबाट २ लाख ३५ हजार रुपैयाँ, मेडागास्करबाट १ करोड ३८ लाख ३२ हजार रुपैयाँ, लक्जमबर्गबाट १ करोड ८८ हजार रुपैयाँ, कुवेतबाट १ करोड २६ लाख ६५ हजार रुपैयाँ, अफगानिस्तानबाट ५५ लाख ३२ हजार रुपैयाँ, इरानबाट १५ लाख २ हजर रुपेयाँ बराबरको वस्तु तथा सामान नेपालमा आयात भएको छ । 

    यस्तै, एन्डोराबाट ७ लाख ५६ हजार रुपेयाँ, बेलारुसबाट १४ लाख ४३ हजार रुपैयाँ, बोस्रियाबाट १ लाख ५४ हजार रुपैयाँ, ब्रुनेलबाट १ लाख ८५ हजार रुपैयाँ बुर्किनाफासोबाट ७ करोड ९९ लाख ६७ हजार रुपैयाँ, कोस्टारिकाबाट ७९ लाख ६७ हजार रुपैयाँ, क्रोएशियाबाट १२ लाख २२ हजार रुपैयाँ, डोमिनिकमबाट १ करोड १ लाख ८१ हजार रुपैयाँ, इक्केडरबाट ९६ लाख ७२ हजार रुपैयाँ र इजिप्टबाट ४ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ ।

    यता साउन महिनामा एल साल्भाडोरबाट २ लाख ५१ हजार रुपैयाँ, ग्याबोनबाट २ करोड ४ लाख ५४ हजार रुपैयाँ, घानाबाट ४ करोड ७५ हजार रुपैयाँ, गौतेमालाबाट २२ करोड ६६ लाख ५० हजार रुपैयाँ, माजाम्बिकबाट ५ करोड ५३ लाख ४३ हजार रुपैयाँ, नाम उल्लेख नगरिएको एक देशबाट ३५ करोड ४६ लाख ४ हजार रुपैयाँ, पोर्टोरिकोबाट ३ करोड २१ लाख ४६ हजार रुपैयाँ, सर्बियाबाट २२ लाख ३० हजार रुपैयाँ, मोल्डोभाबाट १ करोड ८५ लाख ३७ हजार रपैयाँ, सर्बिया (युरोप)बाट ६ लाख ३४ हजार रुपैयाँ, स्वाजिल्याण्डबाट ८२ लाख ९६ हजार रुपैयाँ, टोगोबाट १४ करोड २८ लाख ७३ हजार रुपैयाँ, युक्रनेबाट १ अर्ब ६४ करोड ५ लाख ९४ हजार रुपैयाँ र उजबेकिस्तानबाट १ लाख ८४ हजार रुपैयाँको वस्तु तथा सामान आयात भएको छ ।

    निर्यात शुन्य भएको देशहरूको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा सबैभन्दा धेरै आयात युक्रनेबाट भएको छ भने सबैभन्दा कम आयात उजबेकिस्तान र बु्रनेलबाट भएको छ । आयात ३ देशबाट मात्रै शुन्य भएको अवस्थामा निर्यात २८ देशबाट शुन्य भएको छ । जसबाट चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउनमा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ पुगेको हो ।

    यस्तो रह्यो पहिलो महिनाको वैदेशिक व्यापार

    आयात : १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार (१.५६ प्रतिशत गिरावट)

    निर्यात : १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार (८.६५ प्रतिशत गिरावट)

    व्यापार घाटा : १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार (०.६६ प्रतिशत गिरावट)

    कुल वैदेशिक व्यापार : १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २६ हजार (२.२८ प्रतिशत गिरावट)

    वैदेशिक व्यापारमा आयातको हिस्सा : ९०.५२ (०.७४ प्रतिशत वृद्धि )

    वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ९.४८ (६.५२ प्रतिशत गिरावट)

    यी हुन् नेपालले सबैभन्दा बढी व्यापार घाटा व्यहोरेका १० देश

    नेपालले साउन महिनामा ९२ देशहरूसँगको व्यापारमा घाटा व्यहोरेको छ । जसमध्ये सबैभन्दा धेरै घाटा छिमेकी मुलुक भारतसँग व्यहोरेको छ । १ महिनामा नेपालले १ खर्ब १५ अब ७१ करोड ३ लाख १५ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेकोमा भारतसँग मात्रै ७२ अर्ब ७६ करोड ७४ लाख ६ हजार रुपैयाँ घाटा भएको छ । 

    यस्तै, चीनसँग २१ अर्ब ५५ करोड ७५ लाख ८२ हजार रुपैयाँ, जर्मनीसँग १ अर्ब ४४ करोड ४८ लाख ३९ हजार रुपैयाँ, अष्टे«लीयासँग १ अर्ब ३७ करोड ४८ लाख ९ हजार रुपैयाँ, इन्डोनेशियासँग १ अर्ब ३१ करोड ३४ लाख ७३ हजार रुपैयाँ, अर्जेन्टीनासँग १ अर्ब २५ करोड ५१ लाख ८८ हजार रुपैयाँ, ब्राजिलसँग ९७ करोड ४ लाख ७५ हजार रुपैयाँ, ओमनसँग ७१ करोड १८ लाख २ हजार रुपैयाँ, क्यानेडासँग ६९ करोड ५२ लाख ७१ हजार रुपैयाँ र बङ्गलादेशसँग ४२ करोड २५ लाख २६ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । 

    नेपालले व्यापार घाटा व्यहोरेको ९२ देशहरू (रु.हजारमा)

    स्रोतः भन्सार विभाग 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार