images
images

सुर्य जस्तै चम्किरहन चाहनुहुन्छ भने तपाइले सुर्य जस्तै जल्न सिक्नुहोस, हिटलरका बिर्सनै नसकिने प्रेरक भनाईहरु

सुर्य जस्तै चम्किरहन चाहनुहुन्छ भने तपाइले सुर्य जस्तै जल्न सिक्नुहोस, हिटलरका बिर्सनै नसकिने प्रेरक भनाईहरु

सोमवार, भदौ १८ २०८०
सोमवार, भदौ १८ २०८०
  • सुर्य जस्तै चम्किरहन चाहनुहुन्छ भने तपाइले सुर्य जस्तै जल्न सिक्नुहोस, हिटलरका बिर्सनै नसकिने प्रेरक भनाईहरु

    एडल्फ हिटलर २० अप्रिल १८८९ मा जन्मिएका अस्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । 

    images
    images

    उनलाई विश्वका क्रूर शासकका रुपमा मानिन्छ । उनले क्रुर तानाशाही शासन चलाएका थिए । अमानबिय र गैरनागरिकको अनाहकमा हत्या गरिएको आरोप उनलाई लाखौँ छन् । 
     
    उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र  हुन् । 

    उनी पहिलो विश्वयुद्धका अनुभवी  व्यक्ति हिटलरले आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे ।

    चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरेका थिए ।  आज पनि उनका कतिपय भनाईहरु बिर्सन नसकिने छन् ।

    पढौं हिटलरका दर्जन प्रेरक भनाईहरु 


    [ १ ]
    जिन्दगी एउटा खेल जस्तै हो, जहाँ धेरै खेलाडीहरु हुन्छन । 
    यदि तपाई उनीहरुसँग खेल्नुभएन भने उनीहरु तपाईसंग खेल्नेछन । 
    [२]
    तपाई आफुलाई अरुसँग कहिल्लै तुलना नगर्नुहोस ।
    यदि त्यस्तो गरिरहनु भएको छ भने आफ्नो अपमान आफैले गरिराख्नु भएको छ ।
    [३]
    यदि जिन्दगीले तपाईलाई सय पटक रुवाउछ भने जिन्दगीमा मुस्कुराउनको लागि तपाई सँग सय वटा कारणहरु छ भनेर देखाउनुहोस ।

    [४]
    यदि तपाई सुर्य जस्तै चम्किरहन चाहनु हुन्छ भने तपाइले सुर्य जस्तै जल्न (निरन्तर लगाब) सिक्नुहोस ।

    [५]
    जिन्दगीमा जुनसुकै निर्णय लिन अघि सय पटक सोच्ने गर्नुहोस । तर यदि निर्णय लिईसक्नुभएको छ भने कदापि पछी नहट्नुहोस । 

    [६]
    तपाई सपना देख्न सक्नुहुन्छ भने देखेको सपना पूर्ण गर्न अबश्य सक्नुहुन्छ, आफु माथि बिश्वास गर्नुहोस ।

    [७]
    संसारमा महत्त्व सधै जितको हुन्छ, सत्यको होइन ।
    पिडा सम्झेर रुन बन्द गर्नुहोस किनकि त्यो भैसक्यो, अब मुस्कुराउन सुरु गर्नुहोस ।
    [८]
    युद्ध गर्नुहोस तर प्रेम नगर्नुहोस किनभने युद्धमा तपाइ कि बाच्नुहुन्छ कि त मर्नुहुन्छ, तर प्रेमले न बाँच्न दिन्छ न त मर्न दिन्छ।

    [९]
    बाँच्न लायक उही हुन्छ जो सधै मर्न तयार हुन्छ ।

    जीवनमा बहुमतले मुर्खको मात्र होइन डरपोकको पनि प्रतिनिधित्त्व गरेको हुन्छ ।

    [१०] 
    कुनै पनि मानिसले अरुलाई मुर्ख बनाउन खोज्दा आफु पनि मुर्ख बनिरहेको हुन्छ ।

    [११]
    म राजनीति सिकाउँदैन, मेरो उदेश्य राजनीतिले मलार्इ सिकाओस । 

    [१२]
    जब दुई देश बीच राजनीति सकिन्छ तब ति बीच युद्ध सुरु हुन्छ ।

    [१३]

    शक्तिशाली व्यक्ति आफ्नो बाटोमा सधै एक्लो हुन्छ ।

    [१४]
    तपाई उज्यालोमा हुँदा सबैले पछ्याउने छन् तर तपाई अध्यारोमा हुँदा आफ्नै छाँयाले समेत पछ्याउने गर्दैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार