images
images

शिक्षा परिक्षा पास गर्नु, डिग्री लिनु मात्रै होइन ?! दर्जन प्रेरक भनाइहरु

शिक्षा परिक्षा पास गर्नु, डिग्री लिनु मात्रै होइन ?! दर्जन प्रेरक भनाइहरु

शनिवार, भदौ २३ २०८०
शनिवार, भदौ २३ २०८०
  • शिक्षा परिक्षा पास गर्नु, डिग्री लिनु मात्रै होइन ?! दर्जन प्रेरक भनाइहरु

    असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ भनिन्छ, शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।आज हामीले जे देखेका भोगेका छौं त्यो हाम्रो समाज र शिक्षाकै देन हो ।  खराब शिक्षा त्यो हो जसले उत्तर रट्न मात्रै सिकाउँछ । जीवनका प्रयोगमा आउँदैनन्, प्रयोगात्मक छैनन् । शिक्षा परिक्षा पास गर्नु, डिग्री लिनु मात्रै हुँदैन ।

    images
    images

    पढौं शिक्षा सम्बन्धी केही महत्वपूर्ण प्रेरक भनाईहरु 


    [१]

    शिक्षामा गरिएको लगानीले सबैभन्दा राम्रो प्रतिफल दिन्छ ।

    [२] 

    शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।

    [३] 

    शिक्षा भनेको भविष्यको लागि पासपोर्ट हो । आज राम्रो तयारी गर्नेहरुको नै भविष्य राम्रो हुन्छ ।

    [४] 

    सिकार्इ र शिक्षाको लागि रुचि बनाइराख्यौँ भने तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दैन ।

    [५ ]

    शिक्षाको जरा तितो हुन्छ, तर फल सबैभन्दा मिठो हुन्छ ।

    [६] 

    शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम् जीवन हो ।

    [७]

    मसँग त्यस्तो विशेष क्षमता केही पनि छैन । मात्र म नयाँ कुरा जान्न र बुझ्नको लागि सधै उत्सुक रहन्छु ।

    [८] 

    आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ ।

    [९] 

    जो व्यक्तिले धेरै पढ्छ, तर आफ्नो दिमाग भने थोरै मात्र प्रयोग गर्छ भने ऊ विचारको कुरामा अल्छी बन्छ ।

    [१०] 

    जसले विद्यालय खोल्छ, उसले जेलको ढोका बन्द गर्न मद्दत गरिरहेको हुन्छ ।

    [११] 

    शिक्षा भनेको बाल्टिन भर्नु होइन, आगो सल्काउनु हो ।

    [१२] 

    असल शिक्षा, आत्मा सुन्दर बनाउने वास्तुकला हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार