images
images

लोकप्रिय कार वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

लोकप्रिय कार वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • images
    images
    लोकप्रिय कार वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

    काठमाडौं/  नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ । 

    images
    images

    यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजिएम नबराज कोइराला  र प्रभु बैंकका तर्फबाट  सि।बि।ओ। रेनु प्रसाद पान्डे  ले हस्ताक्षर गरेका हुन् । 

    सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशत  सम्म कर्जा उपलब्ध गराउने छ । 

    २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।  

    वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै  लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

    ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल ९जीएसईभी  प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो ।

     सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३०  किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।

    अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ । 

    रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र ग्रुप घज्ञ बर्ष पुरानो ब्यापारीक घरना हो ।

    कम्पनीले नेपाली बजारमा छिटै अर्कों नया मोडेल ध्गष्लिन  द्यक्ष्ल्न्इ ायगच मययच भ्ख् पनि नेपालि बजार मा लन्च गर्ने तयारी गरेको कुरा कम्पनी का एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरद ले जानकारी गराउनु भयो । 
    यो धगष्लिन बष्च भख कार खरिद गर्ने ग्राहकलाई  नेपाल भरी उपलब्ध गराउने सुबिधा छ ।  

    काठमाडौ को नक्साल, भैसेपाटी, भक्तपुर मा आधिकारिक शोरुम बाट बिक्री भैरहेको छ ्र नेपाल भरी रहेको ५१ भन्दा बढि नेपाल बिधुत प्राधिकरण को चार्जिङ्ग स्टेसनबाट सजिलै छिटो चार्ज गर्न मिल्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार