images
images

विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढेर १६ खर्ब ४३ अर्ब पुग्यो, एक वर्षको आयात धान्न सक्ने

विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढेर १६ खर्ब ४३ अर्ब पुग्यो, एक वर्षको आयात धान्न सक्ने

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढेर १६ खर्ब ४३ अर्ब पुग्यो, एक वर्षको आयात धान्न सक्ने

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिति बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । 

    images
    images

    शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आथिएक बर्षको असोज मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले वृद्धि भएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर मात्रै रहेको थियो ।

    अमेरिकी डलरमा विदेशी मुद्राको सो सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ३३ अर्ब ३६ करोड पुगेका छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० असोज मसान्तमा ८.३ प्रतिशतले वृद्धि भई २ खर्ब ९ अर्ब ७३ करोड कायम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत रहेका छन् । चालु आर्थिक बर्षको असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार