images
images

ब्रूस लीको मननीय भनाइ : सजिलो जीवनका लागि प्राथना नगर्नुहोस्...

ब्रूस लीको मननीय भनाइ : सजिलो जीवनका लागि प्राथना नगर्नुहोस्...

बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • ब्रूस लीको मननीय भनाइ : सजिलो जीवनका लागि प्राथना नगर्नुहोस्...

    ब्रूस ली एक हङकङ अमेरिकन मार्सल आर्टिस्ट, हङकङको चलचित्र क्षेत्रका द्वन्द कलाकार तथा चलचित्र निर्माता थिए । ब्रूस लीको जन्म सन् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो ।

    images
    images

    उनका पिताले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । उनले धेरै चलचित्रमा बालकलाकारको समेत भूमिका निर्वाह गरेका थिए ।

    उनले १८ वर्षको उमेरमा अमेरिका गई उच्च शिक्षा हासिल गरेका थिए र त्यसै समय उनले मार्सल आर्टपनि सिकाउने गर्दथे । उनी हङकङ र अमेरिकी दोहोरो नागरिक थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा सन् १९७३ को जुलाई २० मा भएको थियो ।

    हेर्नुस् उनको महत्वपूर्ण भनाईहरू 

    1.यदि तपाई कुनै कुराको बारेमा सोच्न धेरै समय खर्च गर्नुहुन्छ भने तपाईले त्यो कहिले गर्नुहुने छैन ।

    2.म तपाईको अपेक्षा अनुरुप बाँच्नका लागि यो संसारमा छैन र तपाई यस संसारमा मेरो अनुरुप बाँच्नका लागि हुनुहुन्न ।

    3.सजिलो जीवनका लागि प्राथना नगर्नुहोस् । कठिनाईको सामना गर्न बलका लागि प्राथना गर्नुहोस् ।

    4.जति एक मुर्ख मानिसले बुद्धिमानी जवाफबाट सिक्छ त्योभन्दा धेरै बुद्धिमान मानिसले मुर्खतापूर्ण प्रश्नबाट सिक्छ ।

    5. उपयोगी चिजलाई अवशोषित गर्नुस्, बेकार चिजलाई खारेज गर्नुस् विशेष गरी तपाईको चिजलाई जोड्नुस् ।

    6. यदि स्वीकार गर्ने साहस छ भने गल्तीहरू सधैँ क्षमायोग्य हुन्छन् ।

    7. परिस्थितिसँग मलाई मतलब छैन, म अवसरहरू सिर्जना गर्दछु ।

    8. म त्यो मानिससँग डराउँदिन जसले एकपटक १० हजार किक अभ्यास गर्छ । म त्यो मानिससँग डराउँछु जसले १० हजार पटक एक किक अभ्यास गरेको छ ।

    9. अरुका लागि बाँच्नु वास्तविक जीवन हो ।

    10. हामी जति चिजको मोल गर्छौँ, आफैँलाई त्यति नै कम महत्व दिन्छौं ।

    11. यदि तपाई जीवनलाई प्रेम गर्नुहुन्छ भने, समय खेर नफाल्नुस् किनभने जीवन समयले नै बनेको हो ।

    12. सफल योद्धा औसत मानिस हो, जोसँग लेजर जस्तै फोकस हुन्छ ।

    13. अराजकताको बिचमा अवसर हुन्छ ।

    14. खुशी हुनुहोस्, तर सन्तुष्ट नहुनुहोस् ।

    15. सधैँ आफैँ हुनुहोस्, आफैँलाई अभिव्यक्त गर्नुहोस्, आफैँमा विश्वास राख्नुहोस् तर बाहिर गएर सफल व्यक्तित्वको नक्कल नगर्नुहोस् ।

    16. तपाईँ पानीजस्तो निराकार हुनुपर्छ । जसरी पानीले भाँडाको आकार लिन्छ, त्यसैगरी परिस्थितिअनुसार तपाईँले पनि आफूलाई बदल्न सक्नुपर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार