images
images

गभर्नर अधिकारीको निर्देशन : असल मनसाय भएका तर अप्ठ्यारामा परेका ऋणीलाई सहजीकरण गरिदिनुस्

गभर्नर अधिकारीको निर्देशन : असल मनसाय भएका तर अप्ठ्यारामा परेका ऋणीलाई सहजीकरण गरिदिनुस्

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • गभर्नर अधिकारीको निर्देशन : असल मनसाय भएका तर अप्ठ्यारामा परेका ऋणीलाई सहजीकरण गरिदिनुस्

    काठमाडौँ / गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अप्ठ्यारोमा परेका उद्यम/व्यवसायको प्रवद्र्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । 

    images
    images

    ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका अध्यक्ष/प्रतिनिधिहरूसँग बुधबार आयोजित अन्तर्क्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो निर्देशन दिएका हुन् । 

    उनले भने, “असल मनसायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकूल अवस्था र परिस्थितिजन्य कारणले कसैलाई अप्ठ्यारो परेको छ भने त्यस्ता व्यवसायीलाई सहजीकरण गरिदिनुस् । उद्योग÷व्यवसाय सहज रूपमा सञ्चालन हुने आवश्यक वातावरण बनाऔँ । त्यसको निम्ति आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैङ्क सधैँ तयार छ ।”

    वित्तीय स्थायित्वमा असर पार्नेगरी वित्तीय क्षेत्रविरुद्ध हुने अवाञ्छित गतिविधिप्रति कुनै किसिमको सम्झौता हुन नसक्ने गभर्नर अधिकारीले स्पष्ट पारे । त्यस्ता गतिविधि बैङ्किङ कसुरजन्य कार्य भएको धारणा उनले राखे । 

    “ऋण लिएपछि तिर्नैपर्छ । कसैले तिर्दिन भन्छन् र तिर्नुपर्दैन भनेर ऋणीलाई उकास्छन् भने त्यस्ता गतिविधिलाई बैङ्किङ कसुरको दायरामा ल्याउनुपर्ने देखिन्छ,” उनले भने । 

    सो अवसरमा गभर्नर अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा मङ्सिर ४ र ५ गते आयोजित मुलुकको अर्थतन्त्रको वर्तमान स्थिति र आगामी कार्यदिशासम्बन्धी अन्तर्क्रियामा उठेका विषयवस्तुका बारेमा समेत जानकारी गराए ।

    कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू देवकुमार ढकाल, डा. गुणाकर भट्ट, रेवतीप्रसाद नेपाल र विश्रुत थापाले वित्तीय क्षेत्रका समसामयिक विषयबारे धारणा राखेका थिए ।

    अन्तरक्रियामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष नरेशसिंह बोहरा, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्त र नेपाल लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादव अन्य प्रतिनिधिको उपस्थिति थियो ।

    उनीहरूले पछिल्लो समय कर्जाको सावाँ/ब्याज असुली तथा खराब कर्जाको व्यवस्थापन चुनौतीपूर्ण रहेको र बैङ्किङ क्षेत्रमा कार्यरत जनशक्ति विदेशिने क्रम बढेको उल्लेख गर्दै त्यसको माधानको निम्ति आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए । 

    साथै, कर्जा नोक्सानीसम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्नुपर्ने आवश्यकतामा उनीहरूले जोड दिएका थिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार