images
images

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न, हिंसाविरुद्ध बोल्न आत्मविश्वास बढाउने अपेक्षा

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न, हिंसाविरुद्ध बोल्न आत्मविश्वास बढाउने अपेक्षा

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न, हिंसाविरुद्ध बोल्न आत्मविश्वास बढाउने अपेक्षा

    काठमाडौँ / राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वट) को आयोजनामा चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा एकदिने ‘अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ को तेस्रो संस्करण सम्पन्न भएको छ । 

    images
    images

    हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन महोत्सव मनाइँदै आइएका छ ।

    त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्रका माध्यमले महिला तथा लैङ्गिक हिँसा सम्बन्धी जानकारी दिने प्रयास भएकोमा खुसी व्यक्त गरिन् । 

    “मैले यहाँ केही छोटा चलचित्र हेर्ने अवसर पाएँ । ती चलचित्रमा समाजलाई हिंसाको बारेमा राम्रोसँग बुझाउनु भएको छ । सबै चलचित्र प्रेरणादायी छन्”, मन्त्री शर्माले भनिन्, “महिला चलचित्रकर्मीले आफ्नो आवाज चलचित्रका माध्यमले व्यक्त गरिरहेको सन्दर्भमा सरकार पनि साथमै छ ।” 

    उनले चलचित्रसम्बन्धी कानुन निर्माण हुने अन्तिम प्रक्रियामा रहेकाले त्यसमार्फत पनि महिला चलचित्रकर्मीलाई अगाडि बढ्न प्रेरणा मिल्ने सुझाव तथा सल्लाह दिन आग्रह गरिन्। “राज्यले सहयोग गर्नेछ, त्यसका लागि तपाईंहरू सुझाव दिनुहोस्”, मन्त्री शर्माले भनिन्। 

    महोत्सवका निर्देशक सङ्गीता श्रेष्ठले आफ्नो रचनात्मक सिर्जनाबाट संसारभर चेतना फैलाइरहेका सशक्त महिला निर्देशकका छोटा चलचित्रलाई महोत्सवमा देखाइएको बताइन् । 

    “सामाजिक दृष्टिकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकको उपस्थिति कम देखिन्छ । यस्ता महोत्सव उहाँहरूलाई उपयोगी हुनाका साथै अवसर हुन् सक्छन्”, महोत्सव निर्देशक श्रेष्ठले भनिन्, “हामीले आज आफूलाई बुझ्ने दिनका रूपमा लिएका छौँ । यसले आगामी दिनमा यस्ता हिंसाविरुद्ध बोल्न आत्मविश्वास बढाउनेमा आशावादी छौँ ।”

    आइर्वटका नेपाल च्याप्टरका अध्यक्ष इच्छा गुरुङले महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकको सहभागिता रहेको जानकारी दिइन्। उनका अनुसार अन्तर्राष्ट्रिय सात र नेपाली छ छोटा चलचित्र सहभागी भए । ती चलचित्रहरू सभाहलमा देखाइएका थिए । 

    महोत्वसको उद्घाटन आज विहान प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले गरेकी थिइन्। उनले लैङ्गिक हिंसाले मानव अधिकार हनन् गरिरहेको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न चलचित्र सशक्त माध्यम रहेको बताइन् । 

    “हामी यहाँ लैङ्गिक हिंसाका विषयमा कमै बोल्ने गरेका छौँ । भूकम्प होस् या कोभिड, ती समयमा भोग्नु परेको पीडाहरू छन् । हामीसँग धेरै कथा छन्, जसको माध्यमले समाजमा हामीले हिंसाको विरुद्धमा चेतना बढाउन सक्छौँ”, उपसभामुख रानाले भनिन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार