images
images

लोकप्रिय वेब सिरिज सानो संसारको ‘भाग ३’ युटुबमा रिलिज

लोकप्रिय वेब सिरिज सानो संसारको ‘भाग ३’ युटुबमा रिलिज

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • लोकप्रिय वेब सिरिज सानो संसारको ‘भाग ३’ युटुबमा रिलिज

    काठमाडौँ / नयाँ नेपाली वेब सिरिज ‘सानो संसार’ कार्तिक २४ गतदेखि ‘टुनामुना प्रोड्क्सन’को युटुब च्यानलबाट प्रसारण भईरहेको छ। सिद्धार्थ पुडासैनीको निर्देशन रहेको यस सिरिजको तेस्रो भाग हरेक शुक्रबार बेलुकी ६ बजे प्रसारित भइरहेको प्रोडक्सन टिमले जानकारी दिएको हो। 

    images
    images

    ‘सानो संसार’ एउटा मध्यम वर्गीय परिवारमा आउने दैनिक उतारचढाव, सुख, दुख र तितामीठा कथाहको संगालो हो। सरिस्मा खत्रीको संवाद र सिद्धार्थ पुडासैनीको कथा रहेको उक्त सिरिजमा कुल ७ वटा भाग रहेका छन् । 

    रिलिज भईसकेका अघिल्ला दुई  भागले दर्शकको माया र सकारात्मक साथ पाएको सानो संसारको कथा, पटकथा र संवादको साथै छायाङ्कन, अभिनय र निर्देशन दर्शकहरूले रुचाएको प्रोडक्सन टिमले जनाएको छ । उक्त सिरिजले आफ्नै कथा, व्यथा, घरपरिवार र बाल्यकालसँगको सम्झना ताजा गरिदिएको जिकिर दर्शकले गरेका छन् ।

    निर्देशक पुडासैनी भन्छन् “हामीले यस सिरिजमा सोचेको भन्दा धेरै माया र साथ पाईरहेका छौँ । यस अषिम प्रेमले हामीलाई दर्शकका लागि यो भन्दा राम्रो काम गर्न हौसला मिलेको छ ।”

    सानो संसारलाई राजीव पण्डितले  छायाङ्कन गरेका हुन् भने सम्पादन निर्देशक पुडासैनी कै रहेको छ। सानो संसारमा कलाकारहरूमा अनु दहाल, राज पंगेनी शर्मा, सीता देवी तिमल्सिना, अन्जाषा रिजाल, सरिता भण्डारी, अर्जुन आचार्य, आयुष श्रेष्ठ आदिले अभिनय गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार