images
images

२.७ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन, कर्जा प्रवाह कति ?

२.७ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन, कर्जा प्रवाह कति ?

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • २.७ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन, कर्जा प्रवाह कति ?

    काठमाडौँ / बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५४ अर्ब ६१ करोड रुपैयाँ (२.७ प्रतिशत) ले बढेको हो । 

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४६ अर्ब ७४ करोड (०.९ प्रतिशत) रुपैयाँले बढेको बैंकले चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकका आधारमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

    वार्षिक बिन्दुगत आधारमा कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.३ प्रतिशतले बढेको छ । यस्तै कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.३ प्रतिशत, २६.० प्रतिशत र ५८.० प्रतिशत रहेको थियो।

    यस्तै कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । २०७९ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३७.१ प्रतिशत रहेको थियो।

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ९९ अर्ब ४० करोड (२.१ प्रतिशत) रुपैयाँले बढेको छ । यस्तै कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो।

    समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.१ प्रतिशतले, विकास बैंकहरुको १.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.४ प्रतिशतले बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार