images
images

पूजा शर्मा अभिनीत चलचित्र ‘दान्भी’ को ट्रिजर सार्वजनिक (भिडिओसहित)

पूजा शर्मा अभिनीत चलचित्र ‘दान्भी’ को ट्रिजर सार्वजनिक (भिडिओसहित)

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • पूजा शर्मा अभिनीत चलचित्र ‘दान्भी’ को ट्रिजर सार्वजनिक (भिडिओसहित)

    काठमाडौँ / नेपाली चलचित्र दान्भीको ट्रिजर सार्वजनिक भएको छ ।

    images
    images

    बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रिजर सार्वजनिक भएको हो ।चलचित्रको निर्देशन रुपेश तामाङ हुन् भने फिल्ममा कथा रविना थापा मगरको छ ।

    पटकथा तथा संवाद संजोग रानाको छ । फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बू र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।

    फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको छ । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पूजा शर्माले दान्भीलाई सबैले मन पराउनेमा विश्वस्त रहेको र दान्भीलाई सफल बनाइदिन आग्रह गरिन् ।

    उनले दान्भी एक्शन चलचित्र रहेकाले आगामी दिनमा आफू एक्शन फिल्मका लागि स्क्रिप्ट तयार गरेको र निर्माण गर्ने इच्छा रहेको बताइन् । फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरेका छन् ।

    हेनुस् भिडिओ–  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार