images
images

एमडिआरटी २०२५ को लागि कति छ व्यवसायिक लक्ष्य ?

एमडिआरटी २०२५ को लागि कति छ व्यवसायिक लक्ष्य ?

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • एमडिआरटी २०२५ को लागि कति छ व्यवसायिक लक्ष्य ?

    काठमाडौँ / हरेक बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ कम्तीमा एमडिआरटी बनौं ! जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको अन्तराष्ट्रिय प्लेटफर्म एमडिआरटी व्यक्तित्व विकास, क्षमता विकास हौसलाको खानी हो ।

    images
    images

    तर, सन् २०२४ को तुलनामा २०२५ को एमडिआरटी बन्नका लागि व्यावसायिक लक्ष्य बढेको छ । मिलियन डलर राउण्ड टेबल ‘एमडिआरटी’ बन्नका लागि अब नेपालीहरुले न्युनतम पनि ४६ लाख ९२ हजार ९०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्नेछ । यस अघि अर्थात सन् २०२४ मा ४१ लाख ७१ हजार ५०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नुपर्ने थियो । 

    यस्तै, सन् २०२३ को लागि ३७ लाख ९२ हजार ३०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नुपर्ने थियो । यसरी हेर्ने हो भने २०२३ को तुलनामा २०२५ मा एमडिआरटीको लागि व्यवसायिक लक्ष्य २३.७४ प्रतिशत अर्थात ९ लाख ६ सय रुपैयाँले बढेको छ । 

    सन् २०२५ भित्रमा तोकिएको बीमा शुल्क (एकल बाहेक) आम्दानी गर्ने बीमा अभिकर्ताहरु एमडिआरटी, सिओटी र टिओटी बन्न पाउनेछन् । एमडिआरटी निर्णायक समितिका अनुसार २०२५ को एमडिआरटी बन्नको लागि अभिकर्ताहरूले १५ लाख ६४ हजार ३०० रुपैयाँ कमिशन आर्जन गरेको हुनुपर्ने जनाएको छ । त्यस्तै एमडिआरटी ‘इन्कम’ आम्दानी २७ लाख ९ हजार ३०० रुपैयाँ हुनुपर्नेछ । यो टार्गेट चालु अंग्रेजी वर्ष २०२५ का लागि हो । सन् २०२५ मा यस्तो लक्ष्य पुरा गर्ने बीमा अभिकर्ताले एमडिआरटी ग्लोबल कन्फ्रेन्समा भाग लिन पाउने छन् । 

    त्यस्तै एमडिआरटी कोर्ट अफ दि टेबल ‘सिओटी’ मा योग्य हुनका लागि एक करोड ४० लाख ७८ हजार ७०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्नेछ । त्यस्तै टप अफ दि टेबल ‘टिओटी’ मा योग्य हुनका लागि २ करोड ८१ लाख ५७ हजार ४०० रुपैयाँ बीमा शुल्क आर्जन गरेको हुनु पर्नेछ ।

    नेपालमा एमडिआरटी बन्नुलाई पनि प्रतिष्ठाकै विषयका रुपमा हेर्न थालिएको छ । एमडिआरटी बन्दा पुरा गर्नु पर्ने टार्गेटका लागि अभिकर्ताले सानोतिनो दुखः गरेर पुग्दैन । यसका लागि लगनशिलता, व्यावसायिक सिप, विषयवस्तु प्रतिको विज्ञताको पनि आवश्यक पर्छ ।

    सन् २०२४ को एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन, अब मात्रै ११ दिन बाँकी छ । यस वर्षको एमडिआरटी लक्ष्य पुर्याउन ११ दिन बाँकी रहँँदा नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीमा कार्यरत करिब ५० हजार भन्दा बढि सक्रिय अभिकर्ताहरु एमडिआरटीको टार्गेट पुर्याउने दबाबमा रहेका छन् । 

    1.JPG

    के हो एमडिआरटी ? 

    एमडिआरटी अर्थात मिलियन डलर राउण्ड टेवलको स्थापना सन् १९२७ मा भएको थियो । यसमा ८० भन्दा धेरै राष्ट्रबाट ७०० भन्दा धेरै जीवन बीमा कम्पनी तथा वित्तीय सेवा प्रदान गर्ने व्यवसायिक संघ संस्थाको संलग्नता रहेको छ । यसले हरेक वर्ष प्रोत्साहनमुलक कार्यक्रमको आयोजना गर्ने गर्छ । जसमा सहभागीहरुलाई व्यवसायिक नैतिकता, ज्ञान, सिप, सेवा र उत्पादकत्वका विषयमा मोटिभेसनल कार्यक्रमहरु हुन्छ ।

    यस्तो सम्मेलन सबैभन्दा पहिला सन् १९२७ मा अमेरिकाको मेम्फिसमा भएको थियो । यो सम्मेलनमा एक मिलिडन डलरको व्यावसायिक लक्ष्य पुरा गर्ने ३२ जना व्यक्तिहरु सहभागी थिए । यो सम्मेलन हरेक वर्ष फरक फरक देशमा हुँदै आएको छ ।

    एमडिआरटीले आयोजना गर्ने विभिन्न सम्मेलनमा सहभागिताका लागि हरेक वर्ष नयाँ नयाँ टार्गेट तय गर्ने गरेको छ । सन २०२२ मा नेपालका लागि एमडिआरटी बन्नका लागि ३४ लाख ९८ हजार रुपैयाँको टार्गेट पुरा गर्नु पर्ने व्यवस्था थियो । सन् २०२३ मा बढाएर ३७ लाख ९२ हजार, २०२४ का लागि ४१ लाख ७१ हजार रुपैयाँ पुर्याइयो र अहिले २०२५ को लागि ४६ लाख ९२ हजार ९०० रुपैयाँ पुर्याइएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार