images
images

सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बास्डर अभियान प्रभावकारी बन्दै

सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बास्डर अभियान प्रभावकारी बन्दै

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • images
    सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बास्डर अभियान प्रभावकारी बन्दै

    काठमाडौँ / सूर्यज्योति लाइफ इन्स्योरेन्सले कम्पनीसँग आवद्ध मापदण्ड पूरा गरेका देशैभरीका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि प्रोडक्ट एम्बास्डर बनाउँदै आएको छ । प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरूको फोटो राखी कम्पनीको विज्ञापन समाग्रीहरू कम्पनीले प्रयोग गर्ने विभिन्न सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जालमार्फत देशव्यापी रूपमा प्रचार–प्रसार गरिरहेको छ । 

    images
    images

    साथै, कम्पनीका देशैभरी रहेका शाखा कार्यालयहरूको बिशेष स्थानमा उनीहरूको फोटो अंकित व्यानर, बिज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको कम्पनीले जनाएको छ । 

    कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरूको मान–सम्मान, इज्जत एबं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनिहरू प्रतिको विश्वसनियता बढ्ने, ब्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरू माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो । 

    सो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरूको व्यवसायिक मनोवलमा बृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको हो । 
    चालु आ.व. मा यस कम्पनीका बुटवल–पाल्पा रोड शाखाका कमल प्रसाद घिमिरे, कोहलपुर शाखाका  गौरव कुमार शाही तथा महाराजगंज शाखाका सृजना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविश्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि प्रोडक्ट एम्बास्डरको उपाधि प्राप्त गर्न सफल भइसकेका छन् । 

    जीवन बीमालाई विशुद्ध समाज सेवा गर्ने माध्यमको रूपमा आफुले लिएको र बीमा सचेतना अभिबृद्धि गर्दै धेरै भन्दा धेरै जनालाई बीमा गराउने उद्देश्य लिएका कमल प्रसाद घिमिरे आफुलाई प्रोडक्ट एम्बास्डर बनेपछि समाजमा छुट्टै पहिचान बनेको बताउँछन् । बीमा योजनाको ब्रोसर, मोवाइल एप्स तथा वेभसाइटमा समेत आफ्नो फोटो देखेपछि बीमा गर्ने व्यक्तिहरूले सजिलै विश्वास गर्ने वातावरण भएको र बीमा क्षेत्रमा थप सफलता प्राप्त गर्न सहज भएको उनले बताए । 

    कम्पनीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सम्मान प्राप्त हुँदा काम गर्न थप प्रोत्साहन मिलेको उनको भनाइ छ । 

    त्यस्तै, गौरव कुमार शाही प्रोडक्ट एम्बास्डर बनेपछि नयाँ परिचय थपिएको, सफल अभिकर्ता बन्न सहयोग भएको बताउँछन् । साथै, उनले विभिन्न शाखाहरूमा क्रस–स्ट्यान्डमा फोटो हुने, ब्रोसर, मोवाइल एप तथा वेवसाइटहरूमा समेत फोटो आउने भएकाले बीमितहरूको बिचमा कम्पनीको आधिकारिक अभिकर्तारव्यक्ति हो भन्ने अनुभूति भएको बताए । 

    साथै मानिसहरूलाई आफ्नो परिचय दिन सजिलो भएको र फोटो देखेर मानिसहरूले प्रशंसा गर्ने र त्यस्ता व्यक्तिहरूलाई बीमा गराउन झन सजिलो भएको उनको भनाइ छ । 

    विगत ३र४ वर्ष देखि लगातार विभिन्न बीमा योजनाको प्रोडक्ट एम्बास्डर बन्न सफल भएको र यसको फाइदा आफुले राम्रोसँग अनुभुत गरेकाले आगामी दिनमा अरु बीमा योजनाको प्रोडक्ट एम्बास्डरमा समेत आफ्नो दावेदारी रहने बताउँदै यस्ता योजनाले अभिकर्ताहरूमा थप उर्जा प्राप्त हुनुका साथै सफलता चुम्न सहज हुने कुरामा आफु ढुक्क रहेको बताए ।

    त्यस्तै, सृजना पन्त प्रोडक्ट एम्बास्डर बनेर सम्मान पाउँदा एकदमै गर्व महशुस भएको बताउँछिन् । सो अभियानले गर्दा कम्पनीलाई माया गरेर काम गर्ने एजेन्सीहरूले आपूm र आफ्नो कम्पनीप्रति गर्व गर्ने अवसरको रूपमा लिएको बताइन् । 

    प्रोडक्ट एम्बास्डर बनेपछि आफन्त, साथीभाई र समाजले हेर्ने दृष्टिकोणमा नै फरक पाएको उनको भनाइ छ । “यो क्षेत्रमा पैसा मात्र होइन, सामाजिक प्रतिष्ठा र सम्मान कमाउन सकिने रहेछ भने प्रस्ट उदाहरण बनेको छ । कतिले सोध्नुहुन्छ कसरी यति ठूलो कम्पनीको पेजमा तपाईको फोटो आएको ? कम्पनीले ब्रान्डीङ्ग गरेकोले समाजमा विश्वास बढेको, व्यवसाय गर्न सहज भएको र आत्मविश्वास बढ्नुका साथै अझै बढि जिम्मेवार बनाएको छ,” उनले भनिन् । 
     
    प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्रीले कम्पनीद्वारा प्रदान गरिएको यो मूल्यवान अवसरमार्फत अभिकर्ताहरूले मेचीदेखि महाकालीसम्म रहेका दुरदराजका गाउँगाउँका हरेक घरसम्म  पुगेर आफ्नो क्षमताहरू प्रदर्शन गरि हरेक नेपालीहरूको मन मुटुमा जोडिएर विश्वसनीयता स्थापित गरि आफ्नो व्यवसाय वृद्धिमा अवश्य सहजता  हुने कुरामा आफू बिश्वस्त रहेको उनले बताइन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार