images
images

सिजि इन्टरटेनमेन्टको यु–ट्युव च्यानल सुरु, ‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने

सिजि इन्टरटेनमेन्टको यु–ट्युव च्यानल सुरु, ‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • सिजि इन्टरटेनमेन्टको यु–ट्युव च्यानल सुरु, ‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने

    काठमाडौँ / उद्यमी तथा साहित्यकार वसन्त चौधरीले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तर्वार्ता गरी युट्यब च्यानलमार्फत ‘मनका कुरा विथ वसन्त चौधरी’ श्रव्यदृश्य कार्यक्रम सञ्चालन गर्ने भएका छन् । 

    images
    images

    सिजी इन्टरटेन्मेन्टद्वारा भोलि शुक्रबारदेखि उक्त श्रब्यदृश्य कार्यक्रम प्रसारण गरिने उक्त इन्टरटेनमेन्टका सहअध्यक्ष एवं वरिष्ठ कलाकार हरिहर शर्माले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिए । उनका अनुुसार भोलि शुक्रबारदेखि सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रसारण हुनेछ । 

    उक्त कार्यक्रममा वसन्त चौधरीका भोगाइ र सफलताका कुराबाहेक जीवन र जगत्बाट सिकेका र अनुभूत गरेका भोगाइ र उनका सिर्जनाका साथै समाजका विभिन्न क्षेत्रमा लागेर ख्याति कमाएका र सङ्घर्षशील जीवनयापन गरी समाजमा उदाहरणीय बनेका व्यक्तित्वका अनुभूति र कार्यपद्धतिलाई समेटिने पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार शर्माले जानकारी दिए । 

    कार्यक्रमका हरेक शृङ्खलामा ती व्यक्तित्वलाई ल्याएर उनीहरुको सङ्घर्ष तथा जीवन यात्राका आरोह–अवरोह पस्किने र यसबाट समाजमा सकारात्मक काम तथा जीवनमा प्रगतिका लागि प्रेरणा प्रदान गर्न सकिने सो कार्यक्रमको लक्ष्य रहेको शर्माले बताए। उद्योगी व्यवसायी चौधरी व्यवसायका साथै साहित्यकर्ममा पनि सक्रिय छन् ।

    Bashanta Chaudhari.jpg

    सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सकिय रूपमा कार्यक्रमहरू प्रस्तुत गर्ने योजना अनुसार बिहीबार पत्रकार सम्मेलनको आयोजना गरिएको जनाएको छ  । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र ‘भिसा गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजि इन्टरटेनमेन्टले अब आफ्नै यु–ट्युव च्यानल सुरु गर्न लागेको हो । ।

    सन् २०२४ को जनवरीदेखि सिजि इन्टरटेनमेन्टले आफ्ना कार्यक्रमहरूलाई अझ विस्तारित गर्ने क्रममा श्रव्य-दृश्यका अन्य सामग्रीहरू पनि तयार गर्ने योजनामा रहेको  बताइएको छ । यस्ता कार्यक्रमहरू उत्पादन गर्नका लागि सिजि इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको छ ।

     चलचित्र निर्माण, लघु चलचित्र, स्ट्याण्ड(अप कमेडी, सांगितिक कार्यक्रम तथा म्यूजिक भिडियो आदि जस्ता स्तरीय कार्यक्रमहरूको निर्माण तथा नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्ने योजना रहेको सिजी इन्टरटेनमेन्टले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार