images
images

चालु आर्थिक वर्षमा पास्तिानको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार

चालु आर्थिक वर्षमा पास्तिानको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • चालु आर्थिक वर्षमा पास्तिानको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार
    पाकिस्तानले चालु आर्थिक वर्ष (जुलाई २०२३ देखि जुन २०२४ सम्म) को डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ । 
     
    कार्यवाहक वाणिज्यमन्त्री गौहर इजाजलाई उद्धृत गर्दै मन्त्रालयको विज्ञप्तिमा सकारात्मक व्यापार आँकडा र माथि जाने प्रवृत्तिले पाकिस्तानको लचिलोपनलाई प्रतिबिम्बित गरेको उल्लेख छ ।
     
    “हामी आफ्ना निर्यातलाई सक्षम बनाउने र निर्यातका लागि नयाँ गन्तव्य खोज्ने दिशामा काम जारी राख्नेछौँ”, मन्त्री इजाजले भन्नुभयो । 
     
    यसै आर्थिक वर्षको डिसेम्बर २० सम्ममा पाकिस्तानको निर्यात बढेर १४ अर्ब डलर पुगेको विज्ञप्तिमा उल्लेख छ । यसले वार्षिकरूपमा ७० करोड ९० लाख डलर (पाँच दशमलव तीन प्रतिशत) ले सुधार भएको देखाएको छ ।
     
    विज्ञप्तिमा यसै अवधिमा आयातको आँकडा गत आर्थिक वर्षको सोही अवधिको २९ अर्ब २० करोड डलरबाट घटेर २४ अर्ब ३० करोड डलर भएको जनाइएको छ । यसले आयातमा वार्षिकरूपमा चार अर्ब ९० करोड डलरले घटेको देखाएको छ ।
     
    मन्त्रालयका अनुसार इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, मडागास्कर र चीनसहित प्रमुख स्थानमा पाकिस्तानको निर्यातमा महत्त्वपूर्ण वृद्धि भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार