images
images

पाँच महिनामा दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे २ करोडमाथि, कुनको कति ?

पाँच महिनामा दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे २ करोडमाथि, कुनको कति ?

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • पाँच महिनामा दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे २ करोडमाथि, कुनको कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को ५ महिनासम्ममा दुई लघु निर्जीवन बीमा कम्पनीहरुले साढे २ करोडमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् ।

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण तथ्याङ्क अनुसार निर्जीवन बीमालेखतर्फ साउनदेखि मंसिरसम्ममा सञ्चालनमा रहेका दुई लघु निर्जीवन बीमा कम्पनीले २ करोड ७९ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

    यी कम्पनीहरुले मंसिर महिनासम्ममा कुल ११ हजार १८८ वटा बीमा पोलिसी विक्री गरी २ करोड ७९ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

    जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले मंसिर महिनासम्ममा ८ हजार १३७ वटा पोलिसी विक्री गरी १ करोड ४० लाख ८४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले मंसिर महिनामा मात्रै ४ हजार ७३२ वटा पोलिसी विक्री गरी ७९ लाख ५३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

    त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले मंसिर महिनासम्ममा १ करोड ३८ लाख ५० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ३ हजार ५१ वटा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गरेको छ । मंसिर महिनामा मात्रै कम्पनीले ८०६ वटा बीमा पोलिसी विक्री गरी ३१ लाख ९३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार