images
images

जुत्ताको कथामा लघु चलचित्र ‘पाउलो’ बन्ने, ब्ल्याक हर्स जुत्ताको सहयोग

जुत्ताको कथामा लघु चलचित्र ‘पाउलो’ बन्ने, ब्ल्याक हर्स जुत्ताको सहयोग

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • जुत्ताको कथामा लघु चलचित्र ‘पाउलो’ बन्ने, ब्ल्याक हर्स जुत्ताको सहयोग

    काठमाडौँ / ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघु चलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायाङ्कन काठमाडौँको पशुपति परिसरमा गरिएको थियो । 

    images
    images

    लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् ।

    पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायाङ्कन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।
     
    लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ । 

    यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघुचलचित्र ‘पाउलो’ मा पनि एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ ।

    जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरू पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । पाउलोको कथावस्तु जुत्ता सम्बन्धी भएर आफुलाई राम्रो लागेकाले सहकार्य गरेको ब्ल्याक हर्स इन्ड्रस्टिज प्रालिका प्रबन्ध निर्देशक चीन बहादुर श्रेष्ठ बताउँछन् । 

    ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरूको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

    लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रूपमा उभ्याउने गरिएता पनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रूपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । 

    उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा समेत छनोट भएर विभिन्न देशहरूमा प्रदर्शनसमेत भईसकेको छ । 

    पाउलोको पात्रहरुको लागि स्पार्कल आर्ट एकेडेमीमा अडिसनमार्फत कलाकारहरूको छनोट गरिएको थियो । 

    मुख्य पात्रको रूपमा अभिनय गरेका प्रशान्त हुमागाइँ यस लघुचलचित्रबाट अभिनयबारे अझ धेरै कुराहरू सिक्ने अवसर पाएको बताउँछन् । पात्रमा अभिनय गरिरहँदा मानिसहरू झुक्किएर पैसा दिएको अनुभव समेत सुनाए । उनले नाटकमार्फत बेलारुस र बंगलादेश पुगेर उत्कृष्ट बाल कलाकारको अवार्डसमेत प्राप्त गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार