images
images

गण्डकी प्रदेशमा १८ लाख पुगे मोबाइल बैंकिङको सक्रिय प्रयोगकर्ता

गण्डकी प्रदेशमा १८ लाख पुगे मोबाइल बैंकिङको सक्रिय प्रयोगकर्ता

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • गण्डकी प्रदेशमा १८ लाख पुगे मोबाइल बैंकिङको सक्रिय प्रयोगकर्ता

    काठमाडौँ / २०८० असार मसान्तसम्ममा गण्डकी प्रदेशमा मोबाइल बैंकिङको सक्रिय प्रयोगकर्ता १८ लाख पुगेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकीको आर्थिक वर्ष २०७९/८०को प्रदेशस्तरीय आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले इन्टरनेट सेवा र मोबाइल बैंकिङको सक्रिय प्रयोगकर्ताको संख्या क्रमशः १.५ लाख र १८ लाख रहेको देखाएको हो।

    यस्तै, २०८० असार मसान्तमा यस प्रदेशमा इन्टरनेट बैंकिङको दर्ता संख्या २ लाख ११ हजार र मोबाइल बैंकिङ दर्ता गर्नेको संख्या २५ लाख १२ हजार पुगेको छ। 

    आर्थिक वर्ष २०७९/८० मा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयबाट यस प्रदेशअन्तर्गतका राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरुमा सञ्चालित ९ नोटकोषहरुमा १७ अर्ब ११ करोड रुपैयाँ फन्ड ट्रान्सफर भएको छ। अघिल्लो वर्ष सोही अवधिमा १६ अर्ब ६६ करोड रुपैयाँ फन्ड ट्रान्सफर भएको थियो।

    आर्थिक वर्ष २०७९/८० मा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयबाट ३ अर्ब २० करोड २० लाख रुपैयाँ बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको छ। अघिल्लो वर्ष १ अर्ब ५८ करोड रुपैयाँ बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको थियो।

    कार्यालयमा प्राप्त कुल परिवत्र्य विदेशी मुद्रा मध्ये अमेरिकी डलर ४२.७५ प्रतिशत र युरो ३२.३२ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट भारतीय मुद्रा बिक्री ३६.५ प्रतिशत ले कमी भई ६ करोड ६ लाख रुपैयाँ बराबरको बिक्री भएको छ भने २ करोड २२ लाख रुपैयाँबराबरको भारतीय मुद्रा खरिद भएको छ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार