images
images

कोशी प्रदेशमा ३६.६ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, कुन जिल्लामा कति ?

कोशी प्रदेशमा ३६.६ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, कुन जिल्लामा कति ?

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • कोशी प्रदेशमा ३६.६ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, कुन जिल्लामा कति ?

    काठमाडौँ / कोशी प्रदेशमा आर्थिक बर्ष २०७९/८० मा घरजग्गा रजिष्ट्रेशन संख्या घटेपनि घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व भने बढेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०७९/८० को प्रदेशस्तरीय आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो ।आर्थिक वर्ष २०७८/७९ को तुलनामा समीक्षा आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशन संख्या ३६.६ प्रतिशतले घटेको छ भने घरजग्गा रजिष्ट्रेशन बापतको राजस्वमा २१.६ प्रतिशतले वृद्धि भई४ अर्ब ५६ करोड रुपैयाँ संकलन भएको छ । 

    अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा घरजग्गा रजिष्ट्रेशन संख्या १२.७ प्रतिशतले बढेको थियो भने रजिष्ट्रेशन बापतको राजश्व ३७.४ प्रतिशतले
    कमी भई ३ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको थियो । समीक्षा वर्षमा सरकारले भू–उपयोग नियमावली २०७९ जारी गरी जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नुपर्ने व्यवस्था लागू गरेपश्चात्जग्गाकोकित्ताकाटमा रोक लगाएको थियो । 

    समीक्षा आर्थिक वर्षको अन्त्य तिर मात्र अधिकांश स्थानिय तहहरुले भू–उपयोग नियमावली २०७९ अनुसार जग्गाकोबर्गीकरण गरी जग्गाको कित्ताकाट सुचारु गरेकाले घर जग्गा रजिष्ट्रेशनको संख्यामा कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    मालपोत कार्यालयहरुमा एगदष्अि ब्अअभकक ःयमगभि
    लागु भई जग्गाको खरिद बिक्रीवाट राजश्वमा हुने चुहावटमा कमी आउनुका साथै मालपोत कार्यालयले जारी गर्ने घर जग्गाको मुल्यांकनमा भएको वृद्धिका कारणले घर जग्गाको रजिष्ट्रेशन राजश्वमा वृद्धि भएको देखिन्छ ।

    घरजग्गा कारोवारको अवस्था

    1.JPG

    यस्तै, समीक्षा वर्षमा घर/भवन स्थायी नक्सा पास संख्या ३६.६ प्रतिशतले घटेको छ । अघिल्ला वर्ष यस्तो संख्या ०.४ प्रतिशतले बढेको थियो । जिल्लागत आधारमा ओखलढुङ्गा जिल्लामा घर नक्सापास सबैभन्दा बढी २५.७ प्रतिशतले बढेको छ भने तेह्रथुम जिल्लामा सबैभन्दा बढी सत प्रतिशतले घटेको छ । 

    यस्तै, घर जग्गा कारोबारमा आएको गिरावट र निर्माणका लागि प्रयोग हुने सामग्रीहरुको मूल्य वृद्धि उच्च रहेको तथा बैंकहरुको कर्जाको औसत ब्याजदर समेत वृद्धि भएकाले अघिल्लो वर्षको तुलनामा घर नक्सापास संख्या घटेको देखिएको छ ।

    घरजग्गा रजिष्ट्रेशन, राजश्व र स्थायी नक्सा पासको जिल्लागत अवस्था (आ.व.२०७९/८०) 

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार