images
images

कर्णाली प्रदेशमा ३०.५९ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, राजस्वमा पनि धक्का

कर्णाली प्रदेशमा ३०.५९ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, राजस्वमा पनि धक्का

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • कर्णाली प्रदेशमा ३०.५९ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, राजस्वमा पनि धक्का

    काठमाडौँ / कर्णाली प्रदेशमा घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९÷८० को प्रदेशस्तरीय आर्थिक गतिविधि प्रतिवेदनको अनुसार २०८० को असार मसान्तसम्ममा कर्णाली प्रदेशमा घरजग्गाको कारोबार ३०.५९ प्रतिशतले घटेको हो । 

    समीक्षा वर्षमा घरजग्गा रजिस्ट्रेसन संख्यामा ३०.५९ प्रतिशतले ह्रास आएको छ । गत वर्षमा सो संख्या २१.९० प्रतिशतले वृद्धि भएको थियो। यस्तै, समीक्षा वर्षमा घर–भवन नक्सापास संख्या ५.२६ प्रतिशतले घटेको छ भने गत वर्षमा सो संख्या २.२६ प्रतिशतले घटेको थियो।

    त्यसैगरी समीक्षा वर्षमा घरजग्गा रजिस्टे«सनबापतको राजस्व घटेर ३७ करोड ३७ लाख रुपैयाँमा झरेको छ।अघिल्लो वर्षमा सरकारले जग्गाको वर्गीकरण गर्ने उद्देश्यले केही समय जग्गाको कित्ताकाटमा कडाइ गरेको कारण घरजग्गा कारोवारमा कमी आई राजस्व संकलनमा ह्रास आएको थियो । 

    सरकारले जग्गाको कित्ताकाटमा खुला गरेसँगै राजस्व संकलन अघिल्लो वर्षभन्दा केही सकारात्मक देखिएको छ । आगामी दिनमा राजस्व संकलनमा अझै सुधार हुने अनुमान गर्न सकिन्छ।

    घरजग्गा कारोबारको संख्या 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार