images
images

नेशनल लाइफ इन्स्योरेन्सद्वारा आयोजित तीन दिने इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सद्वारा आयोजित तीन दिने इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • नेशनल लाइफ इन्स्योरेन्सद्वारा आयोजित तीन दिने इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न गरेको छ । ‘एक्सेल एण्ड इलिभेट’ नाराका साथ कम्पनीले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा तीन दिने वर्कशप सम्पन्न गरेको हो ।

    images
    images

    कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजित सो कार्यक्रम जीवन बीमा व्यवसायसँग सम्वन्धित विभिन्न वर्तमान पाटोबारे विवेचना गरी आगामी बर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र रणनीतिसँग प्रशिक्षित गराउने उद्देश्यका साथ सञ्चालन गरिएको हो । 

    विभागिय प्रमुख तथा देशैभरीबाट प्रशासनिक कर्मचारीहरू गरी २०० जना भन्दा बढिको सहभागिता भएको उक्त तालिम कार्यक्रमको उद्घाट्न गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको बताए । 

    आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरूको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरूको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने बताए । साथै, दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धता जनाए । 

    कार्यक्रममा सहभागि कर्मचारीहरूलाई चर्चित मोटिभेसनल स्पीकर मानसी अग्रवालले मोटिभेसनल तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै सबै कर्मचारीहरू कम्पनीको ब्राण्ड एम्वेसडर रहेको र कम्पनीको प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्ने तर्फ सचेत रहनसमेत आग्रह गरिन् । 

    सो अवसरमा कम्पनीको प्रशासनिक कार्यहरू सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरूको पहिचान गरी सहजीकरण गर्ने उदेश्यले विभागिय प्रमुखहरू र प्रशासनिक कर्मचारीहरूबिच अन्तक्र्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

    यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सकिनेतर्फ सचेत रहन आग्रह गर्दै राष्ट्रिय हितका लागि आतंकवादी वित्तिय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको बताए । 

    विभिन्न वित्तीय कृयाकलापबाट यस्ता व्यक्तिहरूलाई चिन्न सकिने भएकोले वहाँहरूको वित्तीय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने सम्वन्धमा प्रशिक्षण प्रदान गरे ।  

    कार्यक्रममा कर्मचारीहरूको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरूको परीक्षा सञ्चालन गरिएको थियो सो परीक्षाबाट प्रथम द्वितीय र तृतीय हुन सफल क्रमशः सुरक्षा सिंह, चुडामणि गौतम र खगेन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कारसहित सम्मान गरेका थिए भने देशैभरीबाट उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना प्रशासनिक कर्मचारीहरू महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रीय कार्यालयका नवराज थापा मगरलाई पनि प्रमुख कार्यकारी अधिकृत खत्रीबाट सम्मान तथा पुरस्कृत गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार