images
images

गभर्नर अधिकारीविरुद्धको मुद्दाको सुनुवाइ आजका लागि स्थगित

गभर्नर अधिकारीविरुद्धको मुद्दाको सुनुवाइ आजका लागि स्थगित

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • गभर्नर अधिकारीविरुद्धको मुद्दाको सुनुवाइ आजका लागि स्थगित

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको सुनुवाइ आजका लागि स्थगित भएको छ । गभर्नर अधिकारीबिरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज नहुने भएको हो । 

    images
    images

    यसअघि माघ ९ गते उक्त रीट हेर्न नभ्याइने सूचीमा परेको थियो । यसअघि पुस १३ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको थियो ।

    न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा परेको पेशी माघ ९ गते हेर्न नभ्याइने सूचीमा परेको थियो ।

    त्यस्तै, गत पुस १३ गते माथेमाको इजलासले यो रीटमाथि पूर्ण सुनुवाइबाट निर्णय गर्नुपर्ने आदेश दिएको थियो । 

    नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता अधिकारीसँग नभएको भन्दै गभर्नरविरुद्ध  सर्बोच्चमा रिट परेको थियो । 

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैङ्कलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदनमा योग्यता विपरीत गभर्नर अधिकारीको नियुक्ति तत्काल बदर गर्नुपर्ने उल्लेख छ ।

    राष्ट्र बैङ्क ऐन २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपाली नागरिक हुनु पर्ने, उच्च नैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैङ्किङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्नेमा व्यवस्था छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार