images
images

युक्रेनमा रूसी ड्रोनको आक्रमण, ४० हजार मानिस विद्युत्विहीन

युक्रेनमा रूसी ड्रोनको आक्रमण, ४० हजार मानिस विद्युत्विहीन

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • युक्रेनमा रूसी ड्रोनको आक्रमण, ४० हजार मानिस विद्युत्विहीन

    युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पु¥याएपछि दशौँ हजार मानिस विद्युत्विहीन भएको शुक्रबार जनाएको छ ।

    images
    images

    स्थानीय समयअनुसार शुक्रबार रातिमा गरिएको आक्रमणले गत हिउँदमा रूसी सेनाले गरेको योजनाबद्ध बमबारीलाई प्रतिध्वनित गरेको र यसले युक्रेनमा दशौँ हजार मानिसहरूलाई बिजुली, तातो वा पानीविहीन बनाएको छ । 

    मस्कोले युक्रेनमा २४ वटा इरानी डिजाइनका ड्रोन प्रक्षेपण गरेपछि निप्रोपेत्रोभ्स्क क्षेत्रमा विद्युतीय सुविधाहरू क्षतिग्रस्त भएको युक्रेनी राष्ट्रिय ऊर्जा प्रदायकले जनाएको छ । 

    “आक्रमणका कारण ४० हजारभन्दा बढी ग्राहकहरूको लागि बिजुली कटौती भएको छ,” यस क्षेत्रका प्रमुख सेर्गी लिसाकले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । दुई खानीहरू बिजुलीविहीन भएका छन् । 

    ऊर्जा सेवा प्रदायक युक्रेनेर्गोले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिग शहरमा रहेको आफ्नो एउटा सबस्टेसनमा आक्रमणका क्रममा क्षति पुगेको जनाएको छ ।

    जमिनमुनि फसेका करिब १०० जना मजदुरलाई सकुशल बाहिर निकालिएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

    लिसाकका अनुसार पोक्रोभ्स्के गाउँमा रूसी गोलाबारीमा ३७ वर्षीय एक व्यक्ति घाइते भएका छन् ।

    यसैबीच उत्तरपूर्वी खार्किभ क्षेत्रका करिब ६४ वटा शहर र बस्तीमा रूसी सेनाको गोलाबारीका कारण विद्युत् आपूर्ति हुन नसकेको अधिकारीहरुले बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार