images
images

उत्कृष्टता आकस्मिक घटना होइन, निरन्तर प्रयासको फल हो...!, पढौं अब्दुल कलामका उत्कृष्ट भनाईहरु

उत्कृष्टता आकस्मिक घटना होइन, निरन्तर प्रयासको फल हो...!, पढौं अब्दुल कलामका उत्कृष्ट भनाईहरु

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • उत्कृष्टता आकस्मिक घटना होइन, निरन्तर प्रयासको फल हो...!, पढौं अब्दुल कलामका उत्कृष्ट भनाईहरु

    अब्दुल कलाम अर्थात अवुल पकिर जैनुला अबदीन अब्दुल कलाम एक मध्यम वर्गीय मुस्लिम परिवारमा जन्मिएका व्यक्ति हुन् । उनी १५ अक्टोबर, १९३१, रामेश्वरम धनुषकोटि, तमिलनाडु, भारतमा जन्मिएका थिए । जसलाई सामान्यतया डाक्टर ए पी जे अब्दुल कलामका नामले जानिन्छ ।

    images
    images

    डाक्टर ए.पी.जे. अब्दुल कलाम भारतीय गणतंत्रका ११ औँ निर्वाचित राष्ट्रपति हुन् ।
    उनी भारतका पूर्वराष्ट्रपति, प्रसिद्ध वैज्ञानिक र अभियन्ता हुनाका साथै उनी अविवाहित थिए। डा. आरजे आब्दुल कलाम भारतको मिसायल कार्यक्रमको प्रमुख वास्तुकार पनि हुन् ।

    अब्दुल कलामको पिता जैनुलाब्दीन न त धेरै पढेलेखेका थिए, न त धेरै धनी नै थिए। उनी एक नाविक थिए र नियमका पक्क थिए। यिनको पिता मछुआराहरूलाई नाऊ भाडामा दिने गर्थे ।
    उनले आफ्नो जीवनका समय समाजलाई धेरै कुरा सिकाएर गएका छन् । आज पर्यत्न पनि उनका उत्कृष्ट भनाइहरु प्रसिद्ध र मननयोग्य छन् ।

    अब्दुल कलामका उत्कृष्ट भनाइहरु

    १।सफल भएका कथाहरु मात्र पढ्यौ भने, तिमीले संदेश मात्र पाउँछौं । असफलताका ेकथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नो जीवनको सिकाइको लागि महत्वपूर्ण पाठ थाहा पाउन सक्छौं ।

    २। सगरमाथा चढ्नुहोस अथवा आफ्नो करिअरमा सफलता प्राप्त गर्न, तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ ।

    ३। आत्माविश्वास र मेहनत नै असफलताको औषधि हुन् ।

    ४। कुनै पनि धर्मले आफूलाई माथि देखाउन मान्छे मार भन्दैन ।

    ५। तिमीले तिम्रो भविष्य परिवर्तन गर्न सक्दैनौ , तर, तिमीले आजको तिम्रो बानी सुधार्न सक्छौ । त्यहि सुधारिएको बानीले नै तिम्रो भविष्य परिवर्तन गरिदिनेछ ।

    ६।सपना भनेको तिमी निदाएको बेला देखेको दृश्य होइन । तिमी पूर्ण रुपले जागा भएको बेला देखेको काल्पनिक शक्ति हो ।

    ७। युवा अवस्थामा नै त्यस्तो अवस्था हो , जसमा सबैभन्दा बढि कल्पना शक्ति , र उत्साह र विवादमा आउने सम्भावना कम हुन्छ ।

    ८। कसैलाई हराउन एकदम सजिलो हुन्छ ।तर, कसैलाई जित्न त्यो भन्दा गह्रो हुन्छ ।

    ९। विद्यार्थीमा हुनुपर्ने सबैभन्दा उत्कृष्ट गुण भनेको प्रश्न गर्ने बानी हो ।

    १०। सनो लक्ष्य राख्नु भनेको अपराध जस्तो हो ।

    ११। उत्कृष्टता आकस्मिक घटना होइन निरन्तर प्रयासको फल हो ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार