images
images

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटी कार्यक्रम सम्पन्न, २० जना क्वालिफायर सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटी कार्यक्रम सम्पन्न, २० जना क्वालिफायर सम्मानित

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटी कार्यक्रम सम्पन्न, २० जना क्वालिफायर सम्मानित

    काठमाडौं / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा स्थित, ल्यान्डमार्क होटलमा दुइ दिने एमडिआरटी, २०२४ कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरुको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसुचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार संलग्न रहेको थियो । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुले उपस्थिति जनाएका थिए ।

    यस कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्दा थिए । उनी मनोक्रान्ति संस्थाका संस्थापक, र गुरु समेत हुन् । उनाले “संसार परिवर्तन गर्नुछ भने पहिले आपूmलाई परिवर्तन गनुपर्छ” भन्ने प्रशंसामा गर्दै आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडी बढ्नुपर्ने बताए ।

    यससँगै सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडर महजोडीले सिटिजन लिडरहरुलाई प्रेरणाका रुपमा लिएको बताए । महजोडील “मान्छेलाई सँगतले निकै आसर पार्ने बताउँदै सिटिजन परिवार भित्र एक्दमै राम्रो र प्रेरणात्मक वातावरण भएकाले यस संस्थामा आवद्ध भएका कर्मचारीहरुले एक अर्कालाई समाजको उन्नति र आफ्नो कार्यप्रती सकारात्मक सोच राख्नका लागि प्रोत्साहान गर्दै आएको बाताए” ।

    कार्यक्रममा, “एमडिआरटी” मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरु १९ जना एमडीआरटी. क्वालिफायर र १ जना सिओटि. क्वालिफायर लाई खादा, प्रमाणपत्र, र पुरस्कार सहित सम्मानित गरिएको थियो ।

    उक्त कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताए ।

    साथै उपस्थित सिटिजन लिडरहरुलाई धन्यवाद ज्ञापन गर्दै कम्पनीको सबै भन्दा ठुलो शक्ती, कर्मचारीहरुको नैतिकता रहेकोले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिँदै काम गर्न सबैलाई आग्रह गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार