images
images

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, चार महिनामा कुनको मूल्य कति पुग्यो ?

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, चार महिनामा कुनको मूल्य कति पुग्यो ?

चार महिनाको अवधीमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, तेल, मसलालगायतका दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • images
    images
    खाद्यवस्तुको मूल्य बढेको बढ्यै, चार महिनामा कुनको मूल्य कति पुग्यो ?

    काठमाडौँ / चार महिनाको अवधीमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, तेल, मसलालगायतका दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ भने केहि खाद्यान्नको मूल्य घटेको समेत पाइएको छ । 

    images
    images

    नेपाल खुुद्रा व्यापार सङ्घले सार्वजनिक गरेको खाद्यान्नको मूल्यसुची अनुसार गत कार्तिक १५ गते र फागुन १५ गतेको बजारमूल्य तुलना गर्दा चामल, दाल, तेल, मसला लगायतको मूल्य वृद्धि भएको पाइएको हो । यस्तै, मुसुरो, काँचो तोरीको तेल, जिरा पाउडर लगायतका वस्तुको मूल्य भने घटेको संघले जनाएको छ ।

    संघको अनुसार गत कात्तिक १५ मा स्टिम जिरा मसिना चामल प्रतिकेजी ९० रुपैयाँ रहेकोमा फागुन १५ मा १० रुपैयाँले बढेर १०० रुपैयाँ पुगेको छ । सोही अवधिमा प्रतिकेजी २१५ रुपैयाँ पर्ने मासको दालको मूल्य प्रतिकेजी ५ रुपैयाँले वृद्धि भएर २२० पुगेको संघले जनाएको छ । 

    यस्तै, मासको दालको मूल्य प्रतिकेजी ५ रुपैयाँले बढेर २२० रुपैयाँ पुगेको छ । गत कार्तिकमा ३५० रुपैयाँ प्रतिलिटर पर्ने भुटेको तोरीको तेल हाल लिटरको ३७० रुपैयाँ पुगेको छ । भटमासको तेल १९५ रुपैयाँबाट वृद्धि भएर २०० रुपैयाँ पुगेको छ ।  

    नेपाल खुद्रा व्यापार सङ्घका महासचिव आमुलकाजी तुलाधरले पछिल्लो समयमा खानेतेलको मूल्य केही घटे पनि अन्य खाद्यवस्तुको भाउ बढेको बताए । 

    यसो त यस बर्ष मुलुकमा यस बर्ष इतिहासकै सर्वाधिक बढी धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ । जसअनुसार चामलको मूल्य घट्नुपर्ने हो । तर, त्यसको विपरित धान उत्पादन बढे पनि चामलको मूल्य घट्नुको सट्टा बृद्धि भइरहेको छ । मूल्य बढेपछि आम उपभोक्ता भने मारमा परेको उनले बताए । 

    उनले भने, “कृषिप्रधान देश भने पनि हामीकहाँ भारतबाट चामल आउने र अहिले भारतले चामल आयात गर्न अनुमति नदिएपछि चामलको मूल्य बढेको छ ।” 

    गत साउनमा भारतले खाद्यान्नको मूल्य वृद्धिलाई नियन्त्रण गर्न भन्दै बासमती बाहेकको सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसयता, सरकारले भारतबाट चामलको आयात गर्नेबारे कुनै चासो नदेखाएको उनले बताए । उनले अहिले नै चामलको आयात सहज बनाउने सम्बन्धमा सरकारले गम्भीर भएर नसोच्ने हो भने मूल्य अझै बढ्न सक्ने बताए ।  

    यी हुन् मूल्य बढेको खाद्य वस्तुहरू

    1.JPG

    स्रोतः नेपाल खुद्रा व्यापार सङ्घ

    कुन खाद्यवस्तुको मूल्य घट्यो ?

    चार महिनाको अवधीमा केही खाद्यवस्तुको मूल्य भने कात्तिक १५ को तुलनामा घटेको संघले जनाएको छ । फागुनमा मुसुर, मुंगको गेडा, काँचो तोरीको तेल, जिरा पाउडर लगायत वस्तुको मूल्य घटेको छ । 

    तथ्याङ्क अनुसार गत कार्तिकमा प्रतिकेजी १७० रुपैयाँमा बिक्री भएको मुसुरो हाल ५ रुपैयाँले घटेर प्रतिकेजी १६५ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिकेजी १६५ रुपैयाँ पर्ने मुंगको गेडाको मूल्य १६० रुपैयाँमा झरेको छ भने, काँचो तोरीको तेलको मूल्य प्रतिलिटर ३१० रुपैयाँबाट १० रुपैयाँले घटेर प्रतिलिटर ३०० रुपैयाँ पुगेको छ । 

    त्यसैगरी, कात्तिक १५ मा प्रतिकेजी ५०० रुपैयाँमा बिक्री वितरण भएको ज्वानोको मूल्य प्रतिकेजी ५० रुपैयाँले घटेर ४५० रुपैयाँ कायम भएको छ । गत कार्तिकमा २६० रुपैयाँ प्रतिकेजी कारोबार भएको काँचो बदामको मूल्य २५० रुपैयाँ प्रतिकिलो भएको संघले जनाएको छ ।

    यी हुन् मूल्य घटेको खाद्यवस्तु

    2.JPG

    स्रोतः नेपाल खुद्रा व्यापार सङ्घ

    मुल्यवृद्धि ५.२६ प्रतिशत !

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रस्फीति (मूल्यवृद्धि) ५.२६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा ७.२६ प्रतिशत रहेको थियो।

    चालू वर्षको सो अवधिमा खाद्य तथा पेय पदार्थ  समूहको मुद्रस्फीति ५.७७ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ । यस अवधिमा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत क्रमशः कम हुँदै आइरहेको केन्द्रीय बैंकले जनाएको छ । 

    केन्द्रीय बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ । मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलफूलको १०.१५ प्रतिशतले बढेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार