images
images

सार्वजनिक बिदाका कारण चीनको उत्पादन खरिद प्रबन्ध सुचकाङ्क घट्यो

सार्वजनिक बिदाका कारण चीनको उत्पादन खरिद प्रबन्ध सुचकाङ्क घट्यो

शुक्रवार, फागुन १८ २०८०
शुक्रवार, फागुन १८ २०८०
  • सार्वजनिक बिदाका कारण चीनको उत्पादन खरिद प्रबन्ध सुचकाङ्क घट्यो

    चीनको उत्पादन क्षेत्रको लागि खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको छ । 
     
    जसमा ५० भन्दा माथिको तथ्याङ्कले विस्तारलाई जनाउँछ भने ५० भन्दा तलको तथ्याङ्कले सङ्कुचनलाई जनाउँछ । 
    एनबीएसका वरिष्ठ तथ्याङ्कविद् झाओ किङ्घेले फेब्रअरी १०–१७ चलेको ‘स्प्रिङ फेस्टिभल’को लामो बिदाले गिरावट ल्याएको बताउनु भएको छ । उहाँका अनुसार यस अवधिमा कर्मचारीहरू घर फर्किने भएकोले परम्परागत उत्पादनमा कमी आउँछ ।

    images
    images

    ठूला उद्यमहरूमा अघिल्लो महिनाको तुलनामा विस्तारको दायरामा  रहेको उप–सूचकाङ्क ५०.४ पुगेको थियो । 
    यसैबीच, उत्पादनका लागि उप–सूचकाङ्कमा अघिल्लो महिनाको तुलनामा १.५ अङ्कले कमी आई ४९.८ कायम भएको छ । यसले कम सक्रिय उत्पादनलाई सङ्केत गर्दछ ।

    नयाँ मागको उप–सूचकाङ्क अघिल्लो महिनाको समान ४९ कायम भएको छ । यसले अघिल्लो महिनाको तुलनामा फेब्रुअरीमा उत्पादन बजारमा माग घटेको सङ्केत गरेको छ ।
    उत्पादन कम्पनीलगातार बजार विस्तारको सन्दर्भमा भने आशावादी रहेकोे उत्पादन र व्यापार पूर्वानुमानको लागि उप–सूचकाङ्क ५४.२ कायम भएको छ । 

    अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले बढी हो । चीनको गैर–विनिर्माण क्षेत्रको पीएमआई फेब्रुअरीमा ५१.४ मा आएको छ, जुन जनवरीमा ५०.७ थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार