images
images

निर्जीवन बीमा कम्पनीको कुल लगानी ६२ अर्ब माथि, कुन कम्पनीमा कति ?

निर्जीवन बीमा कम्पनीको कुल लगानी ६२ अर्ब माथि, कुन कम्पनीमा कति ?

दोस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरूको लगानी ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ ।

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • निर्जीवन बीमा कम्पनीको कुल लगानी ६२ अर्ब माथि, कुन कम्पनीमा कति ?

    काठमाडौँ / निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको क्षेत्रलाई विस्तार गर्न थालेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार यी बीमा कम्पनीहरूको लगानी ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ । 

    चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा निर्जीवन बीमकहरुले विभिन्न क्षेत्रमा कुल ६२ अर्ब ३२ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा निर्जीवन बीमकहरुले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा ४९ अर्ब ७९ करोड १६ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ७९.८९ प्रतिशत हिस्सा हो ।

    वाणिज्य बैंकहरुमा १४ वटा निर्जीवन बीमकले ४३ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेका छन् । यसमा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा भएको लगानीको हिस्सा करिब ७० प्रतिशत देखिएको छ । यस्तै, निर्जीवन बीमकहरुले विकास बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब २० करोड ७३ लाख रुपैयाँ लगानी गरेका छन् । जुन विभिन्न क्षेत्रमा गरिएको कुल लगानीको ८.३६ प्रतिशत हो ।

    यता, निर्जीवन बीमकले आफ्नो कुल लगानीको १.७६ प्रतिशत ‘ग’ वर्गका वित्त कम्पनीहरुमा लगानी गरेका छन् । अर्थात १४ वटा निर्जीवन बीमा कम्पनीले यो ६ महिनाको अवधिमा वित्त कम्पनीहरुमा १ अर्ब १० करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार