images
images

होण्डाले १५० करोड लगानीमा नेपालमै स्थापना गर्यो असेम्ब्लि प्लान्ट

होण्डाले १५० करोड लगानीमा नेपालमै स्थापना गर्यो असेम्ब्लि प्लान्ट

शुक्रवार, फागुन २५ २०८०
शुक्रवार, फागुन २५ २०८०
  • होण्डाले १५० करोड लगानीमा नेपालमै स्थापना गर्यो असेम्ब्लि प्लान्ट

    काठमाडौँ / नेपालमा सर्वाधिक विक्री हुने होण्डाका दुइ पाङ्ग्रे सवारीको असेम्ब्लि अब नेपालमै  हुने भएको छ। यही  २०२४, मार्च ६ तारिखका दिन, होण्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस(प्रेसिडेन्ट मिनोरु कटोद्वारा भैरहवामा होण्डाको 'असेम्ब्लि प्लान्ट'को उद्घाटन सम्पन्न भयो। 

    images
    images

    उद्घाटनको औपचारिक कार्यक्रममा होण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको उपस्थिति थियो। उक्त कार्यक्रममा कुमामोटो फ्याक्ट्री, भेहिकल एसेम्बली प्लान्टका जनेरल म्यानेजर तयुकी नकानोसेका साथै एएसएच (थाइल्याण्ड) बाट बिक्री निर्देशक टेटसुया कोमिने तथा उत्पादन निर्देशक योइची सिमाडा उपस्थित भएका थिए ।

    त्यसैगरी, उद्घाट्न कार्यक्रममा जापानबाट सेल्स डिपार्टमेन्ट म्यानेजर मसाहिदे हिरोसे र असिस्टेन्ट भ्यानेजर यासुयुकी यामामोटो, एचएमएसआइ (इन्डिया) का प्रोडक्सनका तर्फबाट निर्देशक नवीन अवाल र एक्सपोर्ट÷इम्पोर्ट सेल्स एण्ड आफ्टर सेल्सका तर्फबाट जेनेरल म्यानेजर प्रदीप चौधरीको समेत उपस्थिति रहेको थियो । 

    समुद्घाटन कार्यक्रममा अति बिशिष्ट उपस्थितीका रूपमा संघीय सभासद माननीय छबिलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डे, प्रदेश सभा सदस्य भगवती चौधरी, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादव, ओमसतिया गाउँपालिकाका पूर्वअध्यक्ष हरि भट्टलगायतको कार्यक्रममा सहभागिता रहेको थियो । 

    त्यसैगरी, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योति तथा स्याकार ट्रेडिङ्ग कम्पनीका उपाध्यक्ष सुरीद ज्योतिको पनि बिशिष्ठ  उपस्थिती रहेको थियो। १५० करोडको लगानीमा २ लाख स्क्वाएर फुटको क्षेत्रफलमा रहेको यस प्लान्टले एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले बताएको छ।

    विगत ५५ बर्ष भन्दा बढी समयदेखि आफ्ना ग्राहकवर्गको विश्वास जित्दै आएको होण्डा, उत्पादनको गुणस्तरमा सधैँ प्रतिबद्ध र ग्राहकको सन्तुष्टमा सदैव दृढ रहँदै, दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुने ब्राण्ड हो। 

    होण्डाको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीका अनुसार नवस्थापित असेम्ब्लि प्लान्टसँगै आफ्नो सहायक कम्पनी हिमाल मोटोमार्फत उत्पादनको विक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ्गको सेवा झनै सहज र सुलभ  हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार