images
images

टिभिएसको सबैभन्दा शक्तिशाली रेसिङ डिएनए २०२४ अपाचेको आरटीआर १६० नेपालमा, मूल्य कति ?

टिभिएसको सबैभन्दा शक्तिशाली रेसिङ डिएनए २०२४ अपाचेको आरटीआर १६० नेपालमा, मूल्य कति ?

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • टिभिएसको सबैभन्दा शक्तिशाली रेसिङ डिएनए २०२४ अपाचेको आरटीआर १६० नेपालमा, मूल्य कति ?

    काठमाडौँ / विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नेपालमा आफ्ना ग्राहकहरुका लागि थुप्रै उत्पादनहरु प्रदान गर्दै आएको टिभिएसको अपाचे सिरिज, मोटरसाइकल उत्साहीहरु माझ लोकप्रिय ब्रान्ड समेत रहेको छ ।

    images
    images

    नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ । 

    टिभिएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको छ ।

    २००५ मा पहिलो पटक लन्च गरिएको टिभिएस अपाचे, ६० भन्दा बढी देशहरूमा बलियो उपस्थितिको साथ संसारभरि सबैभन्दा छोटो समयमा  प्रख्यात स्पोर्ट्स ब्रान्ड भएको छ । 

    टिभिएस रेसिङको लामो इतिहासलाई निरन्तरता दिँदै, टिभिएस मोटरको फ्याक्ट्री रेसिङ टोलीले ट्र्याक टु रोड अवधारणामा आधारित निर्माण र परिष्कृत शृङ्खलाले रेसिङको परिवर्तनमा योगदान पु¥याएको छ र केवल उत्पादनबाट उच्च प्रतिष्ठित मोटरसाइकल ब्रान्डको रूपमा विस्तार भएको छ जुन वर्षौंदेखि यसका ग्राहकहरूद्वारा माया र विश्वास पाउन सफल भएको छ । गत वर्ष यसको ५ मिलियन बिक्री अंक पार गरेर सोहि कुरालाई पुष्टि गरेको छ ।

    प्रिमियम, टिभिएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले भने, “गत वर्ष नेपालको टिभिएस मोटरका प्रिमियम सेग्मेन्टमा साँच्चै उल्लेखनीय थियो, जहाँ हामीले उल्लेखनीय बजार हिस्सा हासिल गरेर महत्त्वपूर्ण माइल्स्टोन हासिल गरेका थियौं । नेपालमा द्रुत बृद्धि भइरहेको अपाचे ओनर ग्रुपको उत्साह र समर्थन असाधारण रहेको छ, जसमा अहिले विश्वभर ५० लाख भन्दा बढी सदस्यहरू संग्लग्न हुनुहुन्छ जसले टिभिएस अपाचेलाई विश्वव्यापी रूपमा सबैभन्दा रुचाइएको प्रिमियम मोटरसाइकल ब्रान्डको रूपमा स्थापित गरेको छ ।”

     टिभिएस अपाचे आरटीआर फोरभी एफआईको सीमित संस्करण र टिभिएस रोनिन ‘मोर्डन–रेट्रो’ मोटरसाइकल लगायतका हाम्रा नवीनतम लन्चहरूमा उपभोक्ताको अत्याधिक प्रतिक्रियाले आफूहरू उत्साहित भएको उनले बताए । 

    “यो सकारात्मक प्रतिक्रियाले नेपालमा हाम्रा ग्राहकहरुलाई नवीन र रोमाञ्चक उत्पादनहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिन्छ, र हामी विश्वस्त छौँ कि यो नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० यसको प्रमाण हुनेछ,” उनले भने ।

    यसैगरी टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले ०२४ टिभिएस अपाचे आरटीआर १६० नेपाल बजारमा सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए । उनले भने,“अहिलेको प्रक्षेपणले नेपाली बजारमा हाम्रा ग्राहकहरूलाई नवीन र उच्च–स्तरीय उत्पादनहरू प्रदान गर्ने हाम्रो अटल प्रयासलाई दर्शाउँछ । परिष्कृत सुविधाहरू र अत्याधुनिक प्रविधिले सुसज्जित यस टिभिएस अपाचे आरटीआर सेरिजले कार्यसम्पादन र शैलीको नयाँ मापदण्ड स्थापना गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

    त्यस्तै, म्यÞानेजिंग डिरेक्टर साहिल अग्रवालले टिभिएस मोटर नेपाली बजारमा एउटा जीवनशैली बनेको दाबी गरे । उनले भने, “टिभिएसको यो अपाचेको नयाँ मोडल १६०– टू भी रिफ्रेसमा रेसर्स चोइस अन्तर्गत वाइड रियर टायर, रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, नयाँ रेस इन्स्पायर्ड इन्जिन, रेस इन्स्पायर्ड ग्राफिक्स, बिस्ट इन्स्पायर्ड हेडलाइट्स, स्मार्ट कनेक्ट जस्ता अपग्रेडका साथ नेपाली बजारमा भित्र्याउन पाउँदा निकै उत्साहित छु । यो लन्च हाम्रा ग्राहकहरूलाई नवीन र रोमाञ्चक उत्पादनहरू प्रदान गर्ने टिभिएस मोटरको प्रतिबद्धताको प्रमाण हो ।”

    २०२४ टिभिएस अपाचे आरटीआर १६०मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ जसले यसलाई नेपालमा मोटरसाइकल उत्साहीहरूका बीच एक उत्कृष्ट विकल्प बनेको कम्पनीको दावी छ । 

    उक्त मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ जसले यसको गुणस्तर बढाउँछ भने यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित क्mबचतह्यललभअतत्ः सहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । 

    यी सबै सुविधाहरूसहित, २०२४ टिभिएस अपाचे आरटीआर १६० नेपाली बजारमा उल्लेखनीय प्रभाव पार्ने तयारीमा प्रस्तुत भएको छ । 

    आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा संचालित, २०२४ टिभिएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर, दुई–भल्भ ओटा SmartXonnectTM एयर–कूल्ड इन्जिन रहेको छ भने यसको पावरहाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्दछ ।

    डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट  पाँच–स्पीड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ ।
    २०२४ टिभिएस अपाचे आरटीआर १६० – म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार