images
images

६२० किमी रेन्ज दिने प्रीमियम ईभी यसयुभि सार्वजनिक, के–के छ विशेषता, मूल्य कति ?

६२० किमी रेन्ज दिने प्रीमियम ईभी यसयुभि सार्वजनिक, के–के छ विशेषता, मूल्य कति ?

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • ६२० किमी रेन्ज दिने प्रीमियम ईभी यसयुभि सार्वजनिक, के–के छ विशेषता, मूल्य कति ?

    काठमाडौँ / जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको बिश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ‘ईभी यसयुभि’ नेपालमा सार्वजनिक गरेको छ । 

    images
    images

    ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल ‘इभी यसयुभि’ आज एक समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमास्थित स्काईवेल शोरुमको समुदघाटनका साथै ९ थान गाडी ग्राहक माझ डेलिभरी गरेको हो ।

    उक्त समारोहबीच नेपालस्थित चिनिया दुतवासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सियु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनिया प्रतीनिधी थोमस जु र जी मोटर्स प्रालि अध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुदघाटन गरी गाडिको सार्वजनिक गरिएको थियो । 

    गाडी सार्वजनिक गर्दै ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको निस् शुल्क वीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए ।

    विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो । स्काइवेलका विद्युतीय सवारी जर्मनि, इजरायल्, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।

    स्काईवेल इटि५ का प्रीमियम र विशेष विशेषताहरु

    ‘स्काइवेल ईटी ५ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ । स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । 

    यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ, जस्ले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभुती दिलाउने छ’ कम्पनीले बताए ।

    स्काइवेल ईटी ५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । 

    स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने बताउँदै कम्पनीले स्काईवेल ईटि५ नेपाली बजारमा १ करोड ९ लाख रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाए ।

    जी मोटर्सले काठमाडौँ र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ । जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल विगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आवद्ध छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार