images
images

किन सक्रिय छैनन् पुराना चलचित्रकर्मी ?

किन सक्रिय छैनन् पुराना चलचित्रकर्मी ?

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • किन सक्रिय छैनन् पुराना चलचित्रकर्मी ?
    काठमाडौँ / अहिले चलचित्र निर्माण र छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज र व्यवस्थित भएको छ ।
     
     यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्नेगरी नयाँ युगमा प्रवेश गरेको हो । नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् ।
     
    प्रविधिले सहज बनाएता पनि पुराना चलचित्रकर्मीको उपस्थिति भने कम देखिएको छ । निर्देशक तुलसी घिमिरे, दयाराम दाहाल, दीपक श्रेष्ठ, मदन घिमिरे, प्रदीप श्रेष्ठ, ज्ञानेन्द्र देउजालगायतका प्रसिद्ध निर्देशकले कामलाई निरन्तरता दिन असहजता भइरहेको छ । 
     
    डिजिटल प्रविधिमा चलचित्रको निर्माण सुरु भएपछि उहाँहरूको काम सङ्ख्यात्मक हिसाबमा निकै कम छ । 
     
    गत पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध कारणले विश्राम भएको बताए । उनले भने, “मैले चलचित्रमा काम गरेँ, तर ती काम दर्शकले थाहा पाउनुभएन, अहिले चलचित्र भवनले गर्दा पनि प्रदर्शनमा सहज छैन ।”
     
    उनले देशभरका आधुनिक चलचित्र भवन (मल्टिप्लेक्स)मा प्रकाशित हुने शो सङ्ख्याले चलचित्र राम्रो कि नराम्रो भन्ने धारणा बन्ने गरेको बताए । उनले चलचित्र प्रदर्शन अगाडि शो सङ्ख्याले नेपाली चलचित्रलाई असर गरिरहेका बताए । 
     
    निर्देशक देउजाले निर्देशन गरेको ‘उपहार’ चलचित्र भवनमा प्रदर्शनरत छ । 
     
    उनले एकदशकपछि ‘झिङ्गेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गरेका थिए । त्यसपछि उनले निरन्तरता दिने सोच बनाएका छन् । 
     
    उनका समकक्षी चलचित्रकर्मीको सक्रियता घटिरहेको छ । निर्देशक देउजाले आफू पनि डिजिटल प्रविधिमा ‘अपग्रेड’ भएर आएको बताए । 
     
    “अहिलेको प्रविधिअनुसार चलचित्र निर्माण गर्नुका साथै दर्शक सुहाउँदो प्रस्तुति चाहिन्छ, हामीले दशक आगाडिको शैलीमै काम गर्यौँ भने अहिले दर्शकले बेवास्ता गर्नुहुन्छ, म अन्य चलचित्रकर्मीलाई पनि आफूलाई रुपान्तरण गरेर नयाँ सोचका साथ चलचित्रकर्ममा फर्किन आग्रह गर्छु”, निर्देशक देउजाले भने । 
     
    ‘अजम्बरी नाता’, ‘डर’, ‘दुई पल’ लगायतका चलचित्र निर्देशन गरेका निर्देशक प्रदीप श्रेष्ठले भने अहिले निर्माण लागत बढेका कारण पनि असहजता थपिएको बताए । 
     
    “अहिले चलचित्रको लागत बढेको छ, बजारभन्दा बढी लागत गरेर चलचित्र निर्माण गर्न सहज छैन, सोही कारण पनि पुराना चलचित्रकर्मीले निनान्तरता दिन सहज नभएको हो”, निर्देशक श्रेष्ठले भने, “अहिले कलाकारको पारिश्रमिक नै कुल बजेटको पचास प्रतिशतभन्दा बढी हुन्छ, मैले केही वर्षदेखि तयारी गरिरहेको छु, तर निर्णय लिन विविध कारणले ढिलाइ भइरहेको छ ।”
     
    उनले महँगो लागतमा चलचित्र निर्माणले घाटाको सम्भावना बढी हुनेमा जोड दिए। डिजिटल प्रविधिसँगै प्राप्त सहजतासँगै प्रचारप्रसारमा परिवर्तन भएको शैली, नयाँ पुस्ताका कलाकारले गर्ने अविश्वास, बढ्दो लागतलगायतका समस्याले अहिले लगानी असुरक्षित हुने गरेको उनीहरूको निष्कर्ष छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार