images
images

नेपालमै पहिलो पटक लिफ्टसहित आकासे पुल निर्माण हुँदै, कति छ लागत ?

नेपालमै पहिलो पटक लिफ्टसहित आकासे पुल निर्माण हुँदै, कति छ लागत ?

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • images
    images
    नेपालमै पहिलो पटक लिफ्टसहित आकासे पुल निर्माण हुँदै, कति छ लागत ?

    काठमाडौँ / ललितपुर महानगरपालिकाले नेपालमै पहिलो पटक पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण गर्ने भएको छ । 

    images
    images

    महानगरले चक्रपथ कुसुन्तीमा यस्तो आकाशे पुल निर्माण गर्न लागेको जानकारी दिएको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरेको यो आकासे पुल एक बर्षभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । 

    सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।

    आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माण अनुमति मागेको थियो ।

    संविधानले व्यवस्था गरेबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको थियो ।

    पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताए ।

    आयोजना प्रमुख तथा इन्जिनियर प्रदीप पौडेलका अनुसार सडक विभागबाट अनुमति प्राप्त यो आयोजना निर्माणका लागि ठेकेदार कम्पनी लामा प्रगति–मनी बुद्ध जेभी, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँ लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार