images
images

एक महिनामा कुन फलफूल तथा तरकारीको मूल्य कति बढ्यो ?

एक महिनामा कुन फलफूल तथा तरकारीको मूल्य कति बढ्यो ?

बुधवार, फागुन ३० २०८०
बुधवार, फागुन ३० २०८०
  • एक महिनामा कुन फलफूल तथा तरकारीको मूल्य कति बढ्यो ?

    काठमाडौँ /वर्षेनी विभिन्न सामग्रीमा भइरहेको मूल्य वृद्धिका बीच मानिसको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिने भान्सा पनि उत्तिकै महँगिएको छ।

    images
    images

    एक महिनाको तुलनामा दैनिक जीवनयापनका लागि भान्सामा आवश्यक पर्ने मुख्य तरकारी तथा फलफुलको मूल्य आकासिएको हो। यस अवधीमा स्थानीय बजारमा केही तरकारी तथा फलफुलको मूल्य बढेको छ । केहीको मूल्य घटेको छ भने केहीको स्थीर समेत पाइएको छ । 

    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको गत माघ अन्तिम अर्थात २९ गते र फागुन ३० गतेको बजारमूल्य तुलना गर्दा आलु, प्याज, बन्दा, काउली, मूला, भन्टा, सिमी, करेला, लौका, सलगम, पिंडालू, रातो बन्दा, ग्याठ, कोबी, तामा, कागती, अनार, किवि, आभोकाडो, हरियो खुर्सानी, ताजा माछा र रुख टमाटर लगायत तरकारी र फलफुलको मूल्य वृद्धि भएको पाइएको हो ।

    यस्तै, गोलभेडा, मटरकोशा, घिरौला, फर्सी, सखरखण्ड, साग, बकूला, च्याउ, ब्रोकाउली, चुकुन्दर, सेलरी, गुन्दुक, काक्रो, स्ट्रबेरी र अदुवा लगायतका तरकारी तथा फलफुलको मूल्य समेत घटेको छ ।

    गत माघ २९ गते प्रतितकिलो २९ रुपैयाँ पर्ने रातो आलुको मूल्य १७.४५ प्रतिशतले बढेर ३५ रुपैयाँ पर्ने भएको छ । यस्तै, भारतीय सुकेको प्याज ६२ रुपैयाँ ३३ पैसाबाट बढेर ७५ रुपैयाँ र लोकल गाजर २७ रुपैयाँ ३७ पैसाबाट बढेर प्रतिकिलो ३२ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । 

    यस्तै, सोही मितिमा प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भएको लोकल बन्दा आज घटेर २७ रुपैयाँ ६७ पैसामा कारोकार भइरहेको समितिले जनाएको हो । 

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति सूचना अधिकारी विनय श्रेष्ठले पछिल्लो एक महिना यता तरकारीको मूल्य बढ्न थालेको बताए । उनले भने, ‘पछिल्लो समय आलु, प्याज, बन्दा, काउली, मूला, कागती, अनार, किवि, आभोकाडो रुख टमाटर लगायत तरकारी र फलफुलको मूल्य बढेको छ । तर, यो अवधिमा केही तरकारीको मूल्य भने घटेको छ ।’

    हाल कालिमाटीबाट बजारमा दैनिक ६१३.४८ टन तरकारी तथा फलफुल आगमन हुँदै आएको छ । 

    कुन तरकारी र फलफुलको मूल्य कति बढ्यो ?

    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैजसो तरकारीको मूल्य बढेको छ । खासगरी, आलु, प्याज, बन्दा, काउली, मूला, भन्टा, सिमी, करेला, लौका,  सलगम, पिंडालू, रातो बन्दा, ग्याठ, कोबी, तामा, कागती, अनार, किवि, आभोकाडो, हरियो खुर्सानी, ताजा माछा र रुख टमाटर लगायत तरकारी र फलफुलको मूल्य बढेको छ । 

    स्रोतः कालीमाटी फलफूल तथा तरकारी बजार

    कुन तरकारी तथा फलफुलको मूल्य घट्यो ?

    समितिले उपलब्ध गराएको मूल्यसूची अनुसार केही तरकारीको मूल्य ओरालो समेत लागेको छ । यस अवधिमा गोलभेडा, मटरकोशा, घिरौला, फर्सी, सखरखण्ड, साग, बकूला, च्याउ, ब्रोकाउली, चुकुन्दर, सेलरी, गुन्दुक, काक्रो, स्ट्रबेरी र अदुवा लगायतका तरकारी तथा फलफुलको मूल्य समेत घटेको छ ।

     
     
    स्रोतः कालीमाटी फलफूल तथा तरकारी बजार

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार