images
images

अटो मोवाइल्स व्यवसायीहरूले भौतिक पूर्वाधार मन्त्री महासेठलाई दिए २६ बुँदे सुझाव

अटो मोवाइल्स व्यवसायीहरूले भौतिक पूर्वाधार मन्त्री महासेठलाई दिए २६ बुँदे सुझाव

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • अटो मोवाइल्स व्यवसायीहरूले भौतिक पूर्वाधार मन्त्री महासेठलाई दिए २६ बुँदे सुझाव

    काठमाडौँ / नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई २६ बुँदे सुझाव बुझाएको छ । बिहीबार अध्यक्ष चौधरीको  नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले मन्त्री महासेठसँग विभिन्न विषयहरूमा छलफल गरी सो सुझाव बुझाएको हो । 

    images
    images

    उक्त अवसरमा अध्यक्ष चौधरीले सो मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बुँदे सुझावहरू पेस गर्दे त्यसको समुचित सम्बोधन र समाधानका लागि आग्रह समेत गरेका छन् । 

    यस्तो छ सुझावहरू

    १.सडक मर्मत सम्भार दस्तुर 

    २.सवारी साधन कर 

    ३.सवारी साधनहरू सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था 

    ४.अटोमोवाइल कम्पनीहरूको दर्ता प्रक्रिया 

    ५.इम्बोष्ड नम्बर सवारी साधनहरूमा अनिवार्य लागु गर्ने 

    ६.दुइपाङ्ग्रे सबारी साधनहरूलाई अत्यावश्यकिय सवारी साधनको रूपमा लिनु पर्ने 

    ७.सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनु पर्ने 

    ८.नामसारी 

    ९.करहरूको भुक्तानी अनलाइनमार्फत गर्ने प्रणाली हुनु पर्ने 

    १०. जरिवानाको दायरा 

    ११.सरुवा सहमती 

    १२.सवारी साधन पैठारीकर्ताहरूको लागि छुट्टै डेस्कको स्थापना 

    १३.सेवाग्राहीलाई सुविधा 

    १४.रसिदमा एकरूपता हुनुपर्ने 

    १५.मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनु पर्ने 

    १६.लाईसेन्स वितरण सहज हुनुपर्ने 

    १७.दुई पाँग्रे सवारी साधनहरूको वर्गीकरण

    १८.सहजीकरणको भूमिका निर्वाह 

    १९.उच्चस्तरका सवारी साधनहरूको लागि हरियो स्टिकर दिने प्रक्रिया 

    २०. पाकिङ्ग स्थलको अभाव 

    २१. विशेष आर्थिक क्षेत्र वा औद्योगिक ग्रामको निर्माण 

    २२.चारजिङ्ग स्टेशनको निर्माण र विद्युतिय सवारी साधनको व्यवस्था 

    २३. सवारी चालक तालिमको व्यवस्था 

    २४. अटोमोवाइल वर्कसपहरूमा रोजगारीको व्यवस्था
     
    २५.अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण 

    २६.सिमेन्ट मिक्सरको काम गर्ने सवारी साधनको आयात गर्ने

    News.jpg

    छलफलमा सहभागी भएका नाडाका सचिव विक्रम सिंहानियाले प्रिजेन्टशनमार्फत समेत ती विषयहरूमा जानकारी गराए । 

    छलफलको अन्त्यमा माननीय उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले सवारी साधनहरूको सि.सि.को आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने बताउँदै प्रदेश तहका समस्याहरू छन् भने प्रदेश सरकारमा नै सुझावहरू राख्न सकिने बताए । 

    सोही छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको वर्गीकरण सि.को आधारमा गर्न सकिने भन्दै सवारी साधनहरूको लागि पार्किङ्गको सुविधा सम्बन्धित वडा कार्यालयहरूले गर्ने बताए । 

    त्यसैक्रममा उपप्रधानमन्त्री महासेठले सेवाग्राहीलाई सुविधा दिनु पर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरूका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासनसमेत दिए । 

    सो मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरू समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार