images
images

नेपाल भाषाको रञ्जना युनिकोड फन्ट सार्वजनिक

नेपाल भाषाको रञ्जना युनिकोड फन्ट सार्वजनिक

आइतवार, चैत ४ २०८०
आइतवार, चैत ४ २०८०
  • नेपाल भाषाको रञ्जना युनिकोड फन्ट सार्वजनिक

    काठमाडौं/ रञ्जना युनिकोड फन्ट सार्वजनिक गरिएको छ । हिजो शनिबार राजधानीमा एक कार्यक्रम गर्दै क्यालिजात्रा फाउन्डेसनले नित्या रञ्जना फन्टको युनिकोड भर्सन सार्वजनिक गरेको हो।  

    images
    images

     

    लिपिको संरक्षण र प्रवर्द्धन गर्न “रञ्जना युनिकोड फन्ट” विकास गरिएको फन्ट डेभलपर एवं क्यालिजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनले बताएका छन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख अतिथि थिईन् । आयोजित कार्यक्रममा रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा छलफल गरियो 

     ऐतिहासिक कालखण्डदेखि इण्डो आर्यन, मंगोल र भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान बोकेको रञ्जना लिपि ओझेलमा पर्दै गएको छ ।  यसैले विकास र प्रवद्र्धन गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष महर्जनले बताए । 

    क्यालिजात्रा फाउण्डेसनले विगतका केही समयदेखि डिजिटल संस्करणमा यो फन्ट ल्याएको थियो । 

    आजको आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने उनले बताए । 

    यो फन्ट क्यालिजात्रा फाउण्डेसन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी एक टाइपका मुख्य फन्ट डेभलपर तथागत विश्वास, शारङ्ग कुलकर्णी, नूपुर दात्ये र  आनन्द कुमार महर्जनको टोलीले विकास गरेको हो । 

    रञ्जना लिपि विशेषज्ञ समेत रहेका आनन्दकुमार महर्जनले नियमित सल्लाह सुझाव, मार्गनिर्देशन, समीक्षा तथा आवश्यक स्रोत साधनहरू प्रदान गर्दै आएका थिए । यो रञ्जना युनिकोड फन्ट विश्वभरका प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराइएको छ । र, यो देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध भएको छ । यो फन्ट प्रिन्टिङ र वेबका लागि प्रयोग गर्न सकिनेछ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार