images
images

प्रथम नेशनल हर्टिकल्चर एक्स्पो चैत १६ देखि सञ्चालन हुने, ५० हजारबढीले अवलोकन गर्ने अपेक्षा, के–के छन् आकर्षण ?

प्रथम नेशनल हर्टिकल्चर एक्स्पो चैत १६ देखि सञ्चालन हुने, ५० हजारबढीले अवलोकन गर्ने अपेक्षा, के–के छन् आकर्षण ?

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • प्रथम नेशनल हर्टिकल्चर एक्स्पो चैत १६ देखि सञ्चालन हुने, ५० हजारबढीले अवलोकन गर्ने अपेक्षा, के–के छन् आकर्षण ?

    काठमाडौँ / नर्सरी व्यवसायी संघले समग्र नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा यस बर्षदेखि नेशनल हर्टिकल्चर एक्स्पो– २०८० को आयोजना गर्ने भएको छ । 

    images
    images

    संघले यस वर्षदेखि पुष्प, फलफूल, कृषि तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदर्शनीको रुपमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो– २०८० यही चैत्र १६ गतेदेखि १९ गते सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्ने जनाएको छ । 

    यस मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभि रुचि राख्ने तथा समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई एकपटक उत्साहित र झकृत गर्ने विश्वास आयोजकले दिएका छन् । 

    यस मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७ सय भन्दा बढि प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्रि वितरणको लागि राखिने मेला संयोजक रामजी कुँवरले जानकारी दिए । 

    साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने उनले बताए । मेलामा ७४ वटा व्यवसायीक स्टल, ४ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ वटा स्टल गरी जम्मा ९० वटा स्टल रहने छ। 

    नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला बृहत साझा मञ्च हुने विश्वास रहेको उनले बताए । 

    यस मेलामा कम्तीमा ५० हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै १ करोड भन्दा बढीको आर्थिक कारोवार हुने आयोजकले जनाएको छ । 

    मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति एक सय रुपैयाँ र विद्यार्थीहरु तथा जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ रहेको छ । 

    यस संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिसपर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले बताए । 

    प्रतिसपर्धाको मुल्याकंन गर्न कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा ३ सदस्यीय मुल्याकंन समिति समेत गठन गरेको छ ।

    यस एक्स्पोको अवसरमा लामो समय देखि निरन्तर नर्सरी व्यवसाय गरि यस क्षेत्रको विकासमा टेवा पुर्याउने पुराना व्यवसायीहरु मध्यबाट एक जनालाई ‘दिर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिने छ । 

    साथै नर्सरीसंग सम्बन्धित वस्तु स्वदेश मै उत्पादन गरि आत्मनिर्भर बनाउन व्यवसायीहरुलाई उत्प्रेरणा जगाउने उद्देश्यको लागि नर्सरी व्यवसायी मध्यबाट १ जनालाई ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिने छ ।

    साथै नेपालको कृषि क्षेत्रको उन्नयनको लागि कलम चलाइ कृषकको आवाज बुलन्द गर्न क्रियाशिल कृषि सञ्चारकर्मीहरु मध्य २ जनालाई दोसल्ला, नगद तथा प्रमाणपत्रद्वारा उद्घाटन समारोहका प्रमुख अतिथीबाट सम्मान गरिने कार्यक्रम रहेको छ। 

    नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा हुन गइरहेको प्रथम नेशनल हर्टिकल्बर एक्स्पो २०८० को प्रवर्धक संस्थाहरु पुष्प विकास केन्द्र, वनस्पती विभाग, प्लान्ट क्वारेन्टाइन एंव विषादी व्यवसाय केन्द्र, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेको छ भने विशेष सहयोगी संस्था नेपाल टेलिकम, एजीए एग्रो कुमारी फ्लोरा फार्म, सृजना एग्रीकल्चर प्रा.लि. रहेको छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार