images
images

नेप्से परिसूचकमा सामान्य अङ्कले बढ्दा २ अर्ब ६५ करोडको कारोबार, शीर्ष पाँचमा कुनकुन कम्पनी परे ?

नेप्से परिसूचकमा सामान्य अङ्कले बढ्दा २ अर्ब ६५ करोडको कारोबार, शीर्ष पाँचमा कुनकुन कम्पनी परे ?

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • नेप्से परिसूचकमा सामान्य अङ्कले बढ्दा २ अर्ब ६५ करोडको कारोबार, शीर्ष पाँचमा कुनकुन कम्पनी परे ?

    काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक ४.७८ अङ्कले उकालो लागेर २ हजार ३५.६४ मा पुगेको छ ।

    images
    images

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३६ ओरालो लागेर तीन सय ५९.०९ सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ ।

    कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता सेयर २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको १९ करोड ३७ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

    त्यस्तै, गुर्खाज फाइनान्स १६ करोड १९ लाख ८९ हजार रुपैयाँ, शिवम् सिमेन्ट १५ करोड ३९ लाख ३३ हजार रुपैयाँ, सोनापुर मिनरल्स ११ करोड १८ लाख ५३ हजार रुपैयाँ र पिपल्स पावर ७ करोड २ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट ९.९६, हिमालयन हाइड्रोपावर ८.७३, सामलिङ पावर कम्पनी ८.०७ र पिपल्स पावरका लगानीकर्ताले ७.४४ प्रतिशतले कमाएका छन् । 

    उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैङ्कको म्युचुअल फण्ड ६.८०, जोशी हाइड्रोपावर ३.३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार