images
images

नेप्से परिसूचक २ हजार बिन्दुभन्दा तल पुग्दा कारोबार रकम २ अर्ब १० करोडमा सीमित

नेप्से परिसूचक २ हजार बिन्दुभन्दा तल पुग्दा कारोबार रकम २ अर्ब १० करोडमा सीमित

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • नेप्से परिसूचक २ हजार बिन्दुभन्दा तल पुग्दा कारोबार रकम २ अर्ब १० करोडमा सीमित

    काठमाडौँ / सेयर बजार आज मङ्गलबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४.८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१.७१ मा सिमित भएको छ । 

    images
    images

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२६ अङ्कले ओरालो लागेर ३ सय ५३.५१ मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । 

    नेप्सेका अनुसार कूल ५४ लाख ७१ हजार ६८ कित्ता सेयर २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३ बराबरको कारोबार भएको छ ।

    सूर्यज्योति लाइफ इन्स्योरेन्स ७ करोड ४३ लाख ५३ हजार ५ सय ७२, पोखरा फाइनान्स ६ करोड ६८ लाख ९८ हजार २ सय १४, सर्वोत्तम सिमेन्ट ४ करोड ५९ लाख ८१ हजार ४ सय ३४ र शिवम् सिमेन्ट ४ करोड ४७ लाख ४३ हजार ७ सय ७ रुपैयाँ बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । 

    एसबिएस ऋणपत्र९.९९, गोर्खाज फाइनान्स ९.९६, सिभिल बैङ्कको ऋणपत्र ८.१९, ग्रीन डेभलपमेन्ट बैङ्क ५.०२ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ४.०४ प्रतिशतले कमाएका नेप्सेले जनाएको छ ।
     
    त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स ६.७४, सिवाइसी नेपाल लघुवित्त ६.५०, डोल्टी पावर ५. ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५.०६ प्रतिशतले गुमाएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार