images
images

लगानी सम्मेलनको प्रभावले सेयर बजार सकारात्मक : नेप्से र कारोबार दुबै बढ्यो, वित्त समूहमा आकर्षण

लगानी सम्मेलनको प्रभावले सेयर बजार सकारात्मक : नेप्से र कारोबार दुबै बढ्यो, वित्त समूहमा आकर्षण

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    लगानी सम्मेलनको प्रभावले सेयर बजार सकारात्मक : नेप्से र कारोबार दुबै बढ्यो, वित्त समूहमा आकर्षण

    काठमाडौँ / पछिल्लो केही समय यता निरन्तर ओरालो लागेको सेयर बजार लगानी सम्मेलनको पहिलो दिन भने बढेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १४.३३ अङ्कले बढेको हो । गत बिहीबार ३.२५ अङ्कले घटेको बजार आज बढेर  १ हजार ९ सय ८०.२७ विन्दुमा पुगेको हो। 

    images
    images

    त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.६२, फ्लोट इण्डेक्स १.०२ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अङ्कले उकालो लागेको छ । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बृद्धि भएको छ । आज ३०८ स्टकको ४८ हजार १८३ पटकको कारोबारमा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो।

    गत बिहीबार भने २ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको थियो । त्यस्तै, आज बजार पुँजीकरण रकम ३१ खर्ब ३९ अर्ब ९६ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

    आइतबार पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ९.०२ प्रतिशतले बढेको छ । यसैगरी प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य साढे ७.६२ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६.८० प्रतिशत र बेष्ट फाइनान्सको शेयरमूल्य साढे ६.७८ प्रतिशतले बढेको छ । 

    किसान लघुवित्तको सेयर मूल्य पनि आज ५.९३ प्रतिशतले बढेको छ । यता रिभरफल्स पावरको शेयरमूल्य सर्वाधिक ४.६३ प्रतिशतले घटेको छ। सेयर मूल्य सर्वाधिक बढेको पोखरा फाइनान्स कारोबार रकमका आधारमा पनि आज शीर्ष स्थानमा रहेको छ । 

    कारोबार अवधिभर उक्त फाइनान्सको १३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो। त्यस्तै, यस दिन मल्टीपर्पस फाइनान्सको करिब ११ करोडको शेयर खरिद बिक्री भएको भने पिपुल्स पावरको करिब १० करोडको शेयर कारोबार भएको छ।

    आइतबार १३ उपसमूहमध्ये  १२ उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने व्यापार उपसमूहको परिसूचक मात्रै आज ०.३४ प्रतिशतले घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९८ प्रतिशत बढेको छ। 

    यसैगरी, विकास बैङ्क उपसमूहको परिसूचक २.२३ प्रतिशत, लघुवित्तको १.४० प्रतिशत, निर्जीवन बीमाको १.०६ प्रतिशतले परिसूचक बृद्धि भएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार